२०८१, १३ बैशाख बिहीबार

आर्थिक समृद्धिका लागि प्राकृतिक स्रोतसाधन: डा. प्रकाशशरण महत

    कार्तिक ९ २०७५ १७:२०

prakash sharan mahat kaski pokhara
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

पोखरा / नेपाली काँग्रेसका नेता डा. प्रकाशशरण महतले प्राकृतिक स्रोतसाधनको उपयोगबाट मात्रै देशले आर्थिक समृद्धि हासिल गर्न सकिने बताउनुभएको छ ।

बिपीको समाजवादी चिन्तन अहिले पनि समय सम्पेक्ष्य रहेको तर त्यसलाई आत्मसात गर्न नसकेको बताउनुभयो । सरकारले जनताको अपेक्षा अनुरुप कार्य गर्न नसकेको डा. महतले आरोप लगाउनुभयो । नेपाली काँग्रेस केन्द्रीय आर्थिक नीति मस्यौदा समितिको आयोजनामा भएको पार्टीको आर्थिक नीति सुझाव संकलनका लागि प्रदेशस्तरीय कार्यशाला गोष्ठीको उद्घाटन गर्दै डा. महतले आर्थिक समृद्धिका लागि स्रोतसाधनको उपयोग र उद्यमशीलता आवश्यक हुनेमा जोड दिनुभया्े ।

नीति र सिद्धान्तबाट विचलित बन्ने प्रवृत्तिले नेपाली काँग्रेस कमजोर बन्दै गएको प्रति गम्भीर बन्नुपर्ने केन्द्रीय सदस्य एनपी सावदले बताउनुभयो । त्यस्तै, बिपीको समाजवादी चिन्तनलाई आत्मसात गर्दै उद्यमशीलताको विकास एवं स्रोतसाधनका्े उपयोग गर्न सके आर्थिक विकास सम्भव हुने केन्द्रीय सदस्य गोविन्द भट्टराईले बताउनुभयो ।

कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य शंकर भण्डारी, धनराज गुरुङ, अर्जुन जोशी, काँग्रेस कास्कीका सभापति कृष्ण केसी, डा. विजन पन्तलगायतले मन्तव्य राख्नुभएको थियो ।

Image may contain: 11 people

Image may contain: 5 people

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top