sujim bazar advert

नेपालकै सबैभन्दा धेरै पुरस्कार राशी भएको फोटो प्रतियोगिता घोषणा

    असार ४, २०७५

Sizen Education Consultancy Pvt. Ltd.

Photo Contest Announcement 2075
Big Education Consultancy Nuwakot
Dengue Notice PHO Nuwakot

काठमाडौं/नेपाली फोटो पत्रकारहरुको छाता संगठन फोटो पत्रकार (पिजे) क्लबले आइएमई र ग्लोबल आइएमई बैंकसँगको सहकार्यमा छैटौं संस्करणको फोटो प्रतियोगिता तथा प्रदर्शनीको घोषणा गरेको छ । क्लबले बुधबार दिउँसो काठमाडौंको भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डमा पत्रकार सम्मेलन गर्दै उक्त प्रतियोगिता तथा प्रदर्शनीको घोषणा गरेको हो ।  विभिन्न सात विधामा प्रतिस्पर्धा गराइने प्रतियोगितामा भाग लिन चाहने प्रतियोगीले बुधबारबाटै फोटो दर्ता गराउन सक्नेछन् ।

प्रतियोगितामा व्यावसायिक र सौखिन सबैखाले फोटोग्राफर तथा फोटो पत्रकार सहभागी हुन पाउनेछन् ।  बुधबारबाटै सुरु हुने दर्ता प्रक्रिया असार ६ गते मध्यरातमा १२ बजे बन्द हुनेछ । साउन १५ देखि २१  गतेसम्म काठमाडौंको बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा सात विधाका १ सय ६० भन्दा बढी उत्कृष्ट फोटोहरुलाई प्रदर्शनीमा राखिनेछ । काठमाडौंमा सात दिनको फोटो प्रदर्शनी गरिसकेपछि मोफसलका पाँच स्थानमा पनि उक्त फोटोहरू प्रदर्शनी गरिने पिजे क्लबका अध्यक्ष विकास कार्कीले बताए । उनका अनुसार विराटनगर, धनगढी, नेपालगञ्ज र पोखरामा तीन/तीन दिन फोटो प्रदर्शनी गरिनेछ ।

Image may contain: 1 person, smiling

प्रतियोगितामा यसपटक १ हजार ५ सय भन्दा बढी फोटोग्राफर तथा फोटो पत्रकारका १३ हजारभन्दा बढी फोटोले विभिन्न विधामा सहभागिता जनाउने आयोजकको अपेक्षा छ ।  ५ लाख २० हजार रुपैयाँ कुल पुरस्कार राशी रहेको प्रतियोगिताको मुख्य विधा आइएमई–ग्लोबल आइएमई बैंक फोटो अफ दि इयरको विजेताले १ लाख रुपैयाँ पाउनेछन् भने अन्य सबै सात विधाका विजेताले जनही ३० हजार, उपविजेताले जनही २० हजार तथा तेस्रो हुनेले १० हजार रुपैयाँ पाउने छन् । प्रत्येक विधामा प्रतियोगीले बढीमा ३ वटा फोटो, फोटो स्टोरीमा बढीमा २ वटा स्टोरी र प्रत्येक स्टोरीमा ४ देखि १२ वटासम्म फोटो दर्ता गर्न पाउनेछन् ।

Vim Bar Ek Chamcha Vim Sabi Bhanda Huncha Clean
bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality

ताजा अपडेट

प्रतिक्रिया

Top