+
Search

ताजा अपडेट +

पपुलर +

७३ यातायात व्यवसायी पक्राउ

Home Ministry Nepal
डबली खबर
८ साल अगाडी

काठमाडौँ/सार्वजनिक यातायात नचलाउने कार्यमा संलग्न यातायात समितिमा रहेका ७३ जनालाई प्रहरीले आज विभिन्न जिल्लाबाट पक्राउ गरेको छ ।

गृह मन्त्रालयका अनुसार पक्राउ पर्नेमा रुपन्देही जिल्लाबाट १०, सुनसरीबाट नौ, झापाबाट आठ, बाराबाट सात, लमजुङ, रौतहट र खोटाङबाट पाँच पाँच, उदयपुर, सप्तरी, मकवानपुर र काभ्रेपलान्चोकबाट तीन तीन जना र कालीकोटबाट दुई जनालगायत छन् ।

गृहमन्त्रालयले अन्य जिल्लाबाट पनि पक्राउ परेकाको विवरण आउनेक्रम जारी रहेकाले यो संख्या बढ्नसक्ने जनाएको छ । सप्तकोशी बस व्यवसायी संघ, कोशी बस व्यवसायी संघ, मेची बस व्यवसायी संघ, सगरमाथा बस व्यवसायी संघ, चितवन यातायात बस व्यवसायी संघ, काभ्रे मिनीबस बस व्यवसायी संघ, कालिका यातायात सञ्चालक समिति, पश्चिम यातायात बस व्यवसायी समिति, कर्णाली बस व्यवसायी संघ, कर्णाली रिभर यातायातलगायत यातायात समितिका पदाधिकारी पक्राउ परेका हुन् ।

मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले सवारी साधन चलाउने र एकाधिकार अन्त्यको सरकारको निर्णयमा समर्थन गर्ने कागज गरेमा मात्रै पक्राउ परेकालाई छाडिनेछ । सो कागज गर्न नमानेमा पक्राउ परेकालाई अत्यावश्यक सेवा ऐन २०१४ अनुसार कारवाही अघि बढाइने जानकारी उहाँले दिनुभयो । (रासस)

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ