+
Search

ताजा अपडेट +

पपुलर +

तरुण दलले प्रशिक्षण दिने

Tarun dal Nepali Congress
डबली खबर
८ साल अगाडी

काठमाडौँ/नेपाल तरुण दलले जिल्ला र स्थानीय तहमा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

चैत २५ देखि वैशाख १३ गतेसम्म सातै प्रदेशमा प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको तरुण दलले आगामी जेठ ५ गतेदेखि ७७ वटै जिल्ला र स्थानीय तहमा प्रशिक्षण सञ्चालन गर्ने भएको छ ।

तरुण दलका महासचिव भूपेन्द्रजंग शाहीले जेठ ५ गते सबै जिल्लामा जिल्लास्तरीय प्रशिक्षण कार्यक्रम, जेठ १२ गते सम्पूर्ण महानगर, उपमहानगर, नगरपालिका र गाउँपालिकामा प्रशिक्षण र चैत १९ मा सम्पूर्ण वडामा प्रशिक्षण दिन लागेको जानकारी दिनुभयो ।

प्रशिक्षण कार्यक्रममा सहभागी हुन तरुण दलले सम्पूर्ण गाउँ, नगर तथा जिल्लाका तरुणलाई आग्रहसमेत गरेको छ ।  (रासस)

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ