काठमाडौं । सरकारले प्रदेश प्रमुख र प्रदेशको अस्थायी मुकाम तोकेको छ । बुधबार अपराह्न बसेको मन्त्रिपरिषद् बैंठकले ७ वटा प्रदेशको प्रमुख र ती प्रदेशको अस्थायी राजधानी तोकेको हो ।
जस अनुसार १ नम्बर प्रदेशको अस्थायी राजधानी विराटनगर, २ को जनकपुर, ३ को हेटौंडा, ४ को पोखरा, ५ को रुपन्देही, ६ को सुर्खेत र ७ को धनगढीलाई तोकिएकोे मन्त्रिपरिषद्का एक सदस्यले जानकारी दिए ।
यसैगरी आज बसेको मन्त्रिपरिषद्को बैंठकले सात वटै प्रदेको प्रमुख समेत तोकेको छ । मन्त्रिपरिषद्को निर्णय अनुसार १ नम्बर प्रदेशको प्रमुखमा गोविन्द सुब्बालाई तोकिएको छ भने २ नम्बर प्रदेशमा रत्नेश्वरलाल कायस्थ र ३ नम्बर प्रदेशमा अनुराधा कोइरालालाई प्रदेश प्रमुख तोकिएको छ ।
यस्तै ४ नम्बर प्रदेशिमा बाबराम कुँबर, ५ नम्बर प्रदेशमा उमाकान्त झा, ६ नम्बर दुर्गा खनाल र ७ नम्बर प्रदेशमा मोहनराज मल्ललाई प्रदेश प्रमुखमा तोकिएको छ । -बिजखबरबाट
प्रतिक्रिया