sujim bazar advert

यातायात व्यवस्थापनमा प्रहरी सक्रिय

    माघ १, २०७४

Sizen Education Consultancy Pvt. Ltd.

nepal police logo
Big Education Consultancy Nuwakot

विदुर/अव्यवस्थित रहेको नुवाकोटको यातायात क्षेत्रको सुधारका लागि सराकोरवालाको साथको अपेक्षा राख्दै नुवाकोट प्रहरीले यातायात व्यवस्थापन अभियान एक्लै भए पनि चलाउने तयारी गरिरहेको छ । करोडौँ रुपैयाँको लगानीमा नुवाकोटको बट्टार र त्रिशूलीमा दुईवटा बसपार्क निर्माण भए पनि त्यसको प्रयोगमा सवारीधनी तथा यातायात व्यवसायीले चासो नदिइरहेको समयमा सरोकार राख्ने पक्षहरूबाट सहयोगको अपेक्षा गर्दै व्यवस्थापनको प्रयास सुरु गरेको प्रहरी उपरीक्षक वसन्त कुँवरले बताए ।

जिल्लाको मुख्य बजार क्षेत्रको सडकहरूमा ट्राफिक नियमको उल्लङ्घन गर्दै सवारीसाधन जथाभावी रूपमा पार्किङ गरी सवारी दुर्घटना बढाएको भन्दै नियन्त्रणका लागि कारबाहीलाई अभियानको रूपमा सुरु गरेको उनले बताए । कानुन उल्लङ्घन गर्दै सवारीधनीहरूले सडक क्षेत्रमा गाडी पार्किङ गर्ने गरेको र नियन्त्रण गर्ने प्रहरीलाई समेत उनीहरूले आर्थिक प्रलोभनमा पार्न खोज्ने गरेको अनुभव सुनाउँदै ट्राफिक व्यवस्थापनमा आफू नेतृत्वको प्रहरीलाई सक्रिय बनाउने उनले प्रतिबद्धता जनाए ।

नुवाकोट प्रहरी प्रमुख प्रहरी उपरीक्षक वसन्त कुँवरले क्षमताभन्दा बढी भार बोकेका ट्रक तथा कन्टेनर, चोरी एवम् तस्करी गरेर नदीबाट उत्खनन गरी पानी चुहाउँदै बोक्ने गरेको बालुवा बोक्ने गरेका गाडीले सडकलाई क्षति पु¥याएको भन्दै त्यस्ता सवारीसाधनलाई पनि कडाइको साथ नियन्त्रण गर्न सुरु गरेको बताए । सडक सुरक्षाका लागि सवारीसाधन धनी तथा सञ्चालक जिम्मेवार हुनुपर्नेमा उल्टै क्षति पु¥याउँदै सञ्चालनमा रहेकाले तोकिएको क्षमताभन्दा बढी सामग्री बोकेका सवारीसाधनलाई नियन्त्रणमा लिएर कारबाही गर्दै आएको उनले बताए ।
सार्वजनिक यातायातको साधनले पनि तोकिएकोभन्दा बढी यात्रु राख्न नपाउने भएकाले सिट सङ्ख्याभन्दा बढी यात्रु बोक्ने, झुन्ड्याएर तथा छतमा समेत यात्रु बोक्ने गरेका सवारीसाधन र यात्रुबाहक सवारीसाधनको छतमा सामग्री ढुवानी गर्ने सवारीसाधनलाई समेत ट्राफिक प्रहरी परिचालन गरी कारबाही अभियान चलाउँदै आएकाले सरोकारवालाहरूबाट सहयोगको अपेक्षा गरेको प्रहरी प्रमुख कुँवरले बताए ।

bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality

ताजा अपडेट

प्रतिक्रिया

Top