sujim advert

रसुवामा काँग्रेसका मोहन आचार्य विजयी

    मंसिर २४, २०७४

sizen education new intake 2025
ananda Jewellery shop
advertisement placement

bidur tax consultancy services in nuwakot

रसुवामा प्रतिनिधि सभातर्फ लोकतान्त्रिक गठवन्धनका मोहन आचार्य विजयी भएका छन् । उनले १४ हजार चार सय ३५ मत प्राप्त गरि विजयी भएको रसुवाका मुख्य निर्वाचन अधिकृत पुनाराम खनालले जानकारी दिए ।

उनका निकटतम प्रतिद्वन्दी एमालेका जनार्दन ढकालले १० हजार दुई सय ७८ मत प्राप्त गरेको खनालले वताए ।  रसुवामा २६ हजार ८७  मतगणना हुंदा एकहजार एकसय ४५ मत वदर भएको अग्रस्थानमा रहेको छ ।

आचार्यद्वारा चारहजार एकसय ७५ मतले पराजित एमालेका ढकाल रसुवावाटै दोश्रो संविधान सभा सदस्यमा विजयी भएका थिए । हिमाली संरचना रहेको रसुवामा एउटा प्रतिनिधि सभा र दुई वटा प्रदेश तह क्षेत्र रहेको छ ।

शनिवार विहानको अन्तिम मत परिणाम अनुसार रसुवाको प्रदेश ख मा लोकतान्त्रिक गठवन्धनका उम्मेदवार नयां शक्ति पार्टी रसुवाका संयोजक प्रेमवहादुर तामाङ विजयी भएका छन् ।

Image may contain: 1 person, outdoor

विजयी तामाङले सातहजार ४० र उनका निकटतम प्रतिद्वन्दी वाम गठवन्धनका इन्द्र गौतम जगतजंगले पांचहजार ६ सय ९२ मत प्राप्त गरे । डेड दशकदेखि राजनितीमा सक्रिय रसुवाको कालिका गापा वडा नं. २ घर भएका ४० वर्षिय तामाङ पहिलो संविधान सभाको निर्वाचन २०६४ मा रसुवावाट विजयी भएका थिए ।

रसुवाको प्रदेश सभा क मा पनि शुक्रवारै कांग्र्रैुका प्रभात लामा विजयी भएका छन् । उनले ६ हजार नौसय ७७ र उनका निकटतम प्रतिद्वन्दी एमाले रसुवाका अध्यक्ष कन्र्याल लामाले पांचहजार एकसय ५२ मत प्राप्त गरे । रसुवामा विजेताहरुको निर्वाचन अधिकृतको कार्यालयले घोषणा गरिसकेको छ ।

Image may contain: 15 people, people smiling, crowd and outdoor

Image may contain: 4 people, crowd and outdoor

HPV-Vaccination-Campaign-Against-Cervical-Cancer-2081-ad
as fashion store in Trishuli Nuwakot
bidur-municipality-dengue-awareness

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top