२०८१, १४ बैशाख शुक्रबार

दशैंको अवसरमा नुवाकोटबाट १७ कैदीलाई रिहा हुँदै

    आश्विन १० २०७४ २३:३८

pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

नुवाकोट, असोज १० । दशैंका अवसरमा जिल्ला कारागार नुवाकोटमा रहेका १७ कैदीबन्दी रिहा भएका छन् । विभिन्न मुद्दामा जेल जीवन विताइरहेका १७ जना कैदीवन्दीलाई बाँकी सजाय मिनाहा गरी जेल मुक्त गरिएको हो ।

जिल्ला कारागारमा विभिन्न मुद्दामा अदालतबाट दोषी ठह-याई बन्दी जीवन बिताइरहेका  १२ र रसुवाको धुन्चे कारगारमा पाँच जना बन्दीलाई रिहा गरिएको कारागार प्रशासनले जनाएको छ ।

बाँकी सजाय मिनाहा हुनेमा सबै भन्दा धेरै सवारी ज्यान मुद्दामा जेल परेका ६ जना चालक र पाँच जना कर्तव्य ज्यान मुद्दाका दोषी रहेका छन् । नुवाकोट जिल्ला कारागारवाट रिहा भएकाहरुमा सवारी ज्यान मुद्दाका धादिङको निलकण्ठ १० का २७ वर्षिय सम्राट गजमेर, नुवाकोटको ककनीका ४३ वर्षिय सन्तवहादुर तामाङ, ककनीका ४० वर्षिय कमल लामा, बेलकोटगढी नगरपालिका रातमाटेका ३० वर्षिय विक्रम राई रहेका छन् ।

यस्तै कर्तव्य ज्यान मुद्दाका विदुर नगरपालिका खड्गभन्ज्याङका ३३ वर्षिय हरिवहादुर लामा, रसुवा डाडाँगाउंका ४३ वर्षिय वीरवहादुर मोक्तान रहेको नुवाकोट कारागारका प्रमुख जेलर टंकराज चिमोरियाले बताए । सवारी ज्यान मुद्दाका पञ्चकन्याका ३२ वर्षिय केशव थापा र चारघरेका २७ वर्षिय सन्जिव अधिकारी, कर्तव्य ज्यान मुद्दाका भद्रुटारका ३६ वर्षिय चित्रवहादुर खतिवडा, विदुर नगरपालिका वडा नं. ६ का ४१ वर्षिय अणप्रसाद पौडेल, भद्रुटारका ४२ वर्षिय कृष्ण पण्डित र वहुविवाहको अभियोगका खड्गभन्ज्याङका ४० वर्षिय राजनप्रसाद रिमाल पनि रिहा भएका छन् ।

उता, रसुवा कारागारबाट  कर्तव्य ज्यान मुद्दाका कन्चनपुरको लक्ष्मीपुरका ३९ वर्षिय नरवहादुर बोहरा, डाँकाचोरी मुद्दाका शिवपुरी नुवाकोटका २५ वर्षिय सुरज विक, डांकाचारी मुद्दाकै ओखलढुंगाका ३४ वर्षिय तारानाथ जाना, कुटपिट मुद्दाका किस्पाङ मनकामनाका २९ वर्षिय सुवास भुजेल र कुटपिट मुद्दाका विदुर नगरपालिका खड्गभन्ज्याङका २३ वर्षिय सुवास भुजेललाई रिहा गरिएको छ । कारागारमा वन्दी जीवन विताइरहेकोमा आचारणमा सुधार ल्याएका कारण कारागार र प्रशासनको सिफारिसमा सरकारले रिहा गरिएको रसुवा कारागारका  प्रमुख विष्णु रिमालले बताए ।

२०५८ साल पुसदेखि २०७४ साल असारदेखि कारागारमा कैदीवन्दी जीवन विताइरहेकाहरुलाई रिहा गरिएको जेल प्रशासनले जनाएको छ । यस अघि नुवाकोट कारागारवाट दशौं गणतन्त्र दिवसका अवसरमा गत जेठ १५ गते पनि ७ जना कैदीवन्दी रिहा भएका थिए ।

कारागार व्यवस्थापन नियमावली २०२० को संशोधित २०७० अनुसार १३ किसिमका जघन्य प्रकृतिका अपराधहरु मनव वेचविखन, जवरजस्ती करणी, ठगि, भ्रष्टाचार, संरक्षित वन्यजन्तुको तस्करी, सांगठनिक अपराधवाहेकका कैदीवन्दी जीवन विताइरहेकाहरुलाई रिहा गरिएको कारागार प्रशासनले जनाएको छ ।

४० देखि ५० प्रतिशत कैद भुक्तान गरेका, आचारण सुधार गरेकाहरुलाई जिल्ला कारागार र जिल्ला प्रशसन कार्यालयको सिफारिसको आधारमा सरकारले वडादशैंको अवसरमा रिहा गरेको नुवाकोटका प्रमुख जिल्ला अधिकारी जगदीशराज वरालले बताउनुभयो ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top