+
Search

ताजा अपडेट +

पपुलर +

कालिगण तालिम सञ्चालन

डबली खबर
९ साल अगाडी

नेपाल रेडक्रस सोसाईटीले अमेरिकन रेडक्रसको आर्थिक सहयोगमा सुर्यमति गाविसमा ७ दिने ग्रामीण कालिगण तालिम सञ्चालन भएको छ ।

सात दिनसम्म सञ्चालन हुने तालिममा स्थानीय स्तरमा पाईने सामाग्रीहरुको प्रयोगबाट भुकम्प प्रतिरोधात्मक भवन निर्माण गर्ने सिप प्रदान गरिएको छ । विगतका दिनहरुमा गर्दै आएको निर्माणलाई समय अनुकुल र भुकम्प प्रतिरोधात्मक निर्माण गर्ने प्रबिधि सैदान्तिक र प्रयोगात्मक कक्षाबाट प्रदान गर्ने नेपाल रेडक्रस सोसाईटि जिल्ला शाखा नुवाकोटले जनाएको छ ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी उपशाखा खानीगाँउ सभापति गोकर्णराज ढकाल, कोषाध्यक्ष रामशरण थापा, सदस्य शर्मिला थपलिया, तालिममा प्राबिधिक सहयोग गर्दै आएको ट्रेस नेपाल नुवाकोटका जिल्ला संयोजक उद्धब शर्मा रिजाल, नेपाल रेडक्रस सोसाईटि जिल्ला शाखा नुवाकोटका सामुदायिक प्रशिक्षक समुन्द्र अधिकारी लगायतले मन्तब्य राखेका थिए ।

तालिममा सुर्यमति गाविसका ३० जना सिकर्मी ढकर्मीहरुको सहभागीता रहेको छ । जसमा २ जना महिला रहेको नेपाल रेडक्रस सोसाईटि जिल्ला शाखा नुवाकोटले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ