sujim bazar advert

एक थान अटो रिक्सा नियन्त्रणमा

    असार २६, २०७३

Sizen Education Consultancy Pvt. Ltd.

Big Education Consultancy Nuwakot
global ime bank flash loan

रोड परमिट नभएको भन्दै जिल्ला ट्राफिक कार्यलय नुवाकोटले आज एक थान अटो रिक्सा नियन्त्रणमा लिएको छ ।

यातायात व्यवस्था विभागसँग सञ्चालनको रुटपरमिट लिनुपर्नेमा नभए पछि नियन्त्रणमा लिइएको जिल्ला ट्राफिक कार्यलय नुवाकोटका इञ्चार्ज अर्जुन पौडेलले बताउनुभएको छ । दुई साता अघि नुवाकोट बट्टारका एक स्थानियले बिजुली बत्तीबाट चार्ज भई सञ्चालन हुने दुई वटा अटो रिक्सा नुवाकोट भित्राएका थिए ।

टेम्पो वर्गमा पर्ने उक्त अटो रिक्सा सञ्चालनको अनुमती लिंदा सि वर्गको हुनु पर्ने तथा तेश्रो पक्ष विमा अनि यात्रु विमा अनिवार्य भएको ट्राफिक प्रहरी कार्यालये जनाएको छ । दुई सातादेखि भाडाको नम्वर प्लेट मात्रै लेखेर स्थानीय बजारमा सञ्चालन भईरहेको अटो रिक्साको विषयमा यातायात ब्यवसायीहरुले समेत उजुरी गरेका थिए ।

bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality

ताजा अपडेट

प्रतिक्रिया

Top