sujim bazar advert

मानव जाति नै संकटमाः पहाडी

    असार २६, २०७३

Sizen Education Consultancy Pvt. Ltd.

Big Education Consultancy Nuwakot

विदुर, मानवअधिकार अभियान्ता कृष्ण पहाडीले संसारमा रहेका उन्मादी शासकका कारण मानव जाती लोपोन्मुख अबस्थामा पुगेको बताएका छन् ।

बुधवार नुवाकोटको विदुरमा मानव अधिकार तथा शान्ति समाजद्वारा आयोजित स्वभिमान अभियान अन्तर्गत जागरण सभामा बोल्दै शान्ति समाजका संस्थापक समेत रहेका पहाडीले आणविक शस्त्रलाई तत्काल नष्ट नगर्ने हो भने मानव जातीकै भविष्य संकटमा पर्ने बताए ।

उहाले मानव जातिकै कारण हिमालय क्षेत्र संकटमा परेकोले मानव जातिको अस्तित्व नै संकटमा परेकोले त्यसलाई जोगाउनु पनि आज सबै लाग्नु पर्ने बताए ।

मानवअधिकार अभियान्ता पहाडीले संविधानमा उनान्सय प्रतिशत सहमति हुन नसक्ने भएकोले असहमतिहरुलाई समेटेर अघि बढ्नु पर्ने बताए । पहाडीले नेपाल दक्षिण एसियामा तावामा रहेको देश भएकोले भारत र चीनलाई हाम्रोबाट सार्वभौमसत्तामा कुनै खतरा नभएको र हाम्रो सार्वभौमसत्तामा खतरा हुँदा तपाइहरु प्नि सरक्षित हुनुहुन्न भनेर सन्देश दिन सक्नु पर्ने बताए ।

अभियान्ता पहाडीले घरको झगडा घरमै मिलाउन पर्ने र राज्यको भूमिका अभिभावकीय नभए नागरिक हस्तक्षेप समेत गर्नु पर्ने बेला आएको बताए । मानव अधिकार तथा शान्ति समाज नुवाकोटका अध्यक्ष रामप्रसाद जोशीको सभापतित्वमा भएको कार्यक्रममा नेपाली कांग्रेसका सचिव सुरेन्द्र अधिकारी, नेकपा माओवादी केन्द्रका जिल्ला सदस्य लिलानाथ न्यौपाने, राप्रपाका अध्यक्ष झनक प्याकुरेल, नेपाल पत्रकार महासंघका उपाध्यक्ष श्रीराम नेपाल लगायतले शान्ति, अहिंसा, राष्ट्रिय स्वभिमान, एकता, सद्भाव र आत्म सम्मानका लागि देशमा राजनीतिक स्थिरताको खाँचो औल्याएका थिए ।

bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality

ताजा अपडेट

प्रतिक्रिया

Top