sujim bazar advert

२० हजार घरधनीसँग सम्झौता

    असार २६, २०७३

Sizen Education Consultancy Pvt. Ltd.

Big Education Consultancy Nuwakot

विदुर, विनासकारी भुकम्पका कारण घर पूर्ण रुपमा क्षति भएका १८ हजार परिवारसँग निजी अनुदान सम्झौता सम्पन्न भएको छ । सवैभन्दा धेरै वेलकोट गाविसमा एक हजार एकसय चार, सवैभन्दा कम पञ्चकन्या गाविसमा सात जना लाभग्राहीसंग आवास अनुदान सम्झौता भएका छन् ।

६१ गाविस र विदुर नगरपालिका रहेको नुवाकोटका ४३ गाविसमा अनुदान सम्झौता भइरहेको पुर्ननिर्माण प्राधिकरण उपक्षेत्रीय कार्यालय नुवाकोटले जनाएको छ । विदुर नगरपालिकामा भने शनिवारदेखि अनुदान सम्झौता सुरु गरिने नगरपालिकाले जनाएको छ ।

हालसम्म १८ हजार दुई सय ४० लाभग्राहीसंग आवास अनुदान सम्झौता भएको भुकम्प पुर्ननिर्माण प्राधिकरण उपक्षेत्रिय कार्यालय विदुर नुवाकोटले जनाएको छ । समुन्द्रादेवी, सुनखानी, बेलकोट, बुधसिङ, फिकुरी, भाल्चे, तुप्चे, जिलिङ लगायतका ४३ गाविसमा आवास अनुदान सम्झौता सुरु भएको हो ।

हालसम्म सरकारवाट भुकम्प पीडितको विभिन्न सेवा पाइसेकेका तर आवास अनुदान पाउने सुचिमा नरहेका आठ हजार नौसय ७२ जनाका गुनासो उजुरी दर्ता भएका छन् । यी उजुरीको प्राधिकरणले विभिन्न निर्णयहरु गर्दै प्रक्रिया आवास अनुदान सम्झौता भएपछि राजनीतिक दलहरुवीच दुई किस्तामै रकम उपलब्ध गराउने सहमति भएको छ । सहमति दाताहरुसँग छलफल गरेर कायान्वयन गराउने भएपछि अहिले गरिएएको सम्झौतासमेत पुनरावलोकन गर्नुपर्ने हो कि होइन भन्ने अन्यौल थपिएको छ ।

bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality

ताजा अपडेट

प्रतिक्रिया

Top