sujim bazar advert

आत्मनिर्भरताको बाटोमा किसानहरु

    असार १८, २०७३

Sizen Education Consultancy Pvt. Ltd.

gyan bahadur ko tarkari kheti
Big Education Consultancy Nuwakot
global ime bank flash loan

भोलाराज पौडेल / चौघडा,  मेहनत गरे गाउँमै बसेर राम्रै आम्दानी गर्न सकिन्छ । सीप, क्षमता र आत्मविश्वास लिएर कृषि क्षेत्रमा लाग्ने हो भने विदेशमा हुने आम्दानी आफ्नै मातृभूमिमा सजिलौ आम्दानी गर्न सकिन्छ । तर, पनि लाखौं युवा विदेशमा जस्तोसुकै काम गर्ने र नेपालमा केही गर्दा इज्जत नहुने भन्ने भ्रमका कारण निर्यातमूखी कृषिको अवधारणा सार्थक हुन सकेको छैन ।

स्वावलम्वन कार्यक्रम

‘ग्रामीण स्वावलम्वन कार्यक्रम अन्र्तगत सञ्चालित अति विपन्न परिवारका लागि आम्दानी अभिवृद्धि कार्यक्रम अन्र्तगत तालिम लिएपछि ज्ञानबहादुरले तरकारी खेती सुरु गर्नुभएको हो । उनको बारीमा अहिले तनेबोडी, रामतोरिया, मुला, फर्सी, खुर्सानी, गोलभेडा, काक्रालगायतका तरकारी विक्री हुने अवस्थामा रहेका छन् ।’

gyan bahadur ko tarkari khetiसमाजमा केही यस्ता पात्रहरु भेछिन्छन्, सामान्य सीप र स्रोत परिचालन गरेर पनि कृषि पेशाको भविश्य उज्जल देखिरहेका छन् । कृषिमा सुन्दर भविश्ष्य देख्ने पात्र हुन्– ज्ञानबहादुर राई । चौघडाका ज्ञानबहादुरले यवसायिक तरकारी खेती यसै वर्षबाट सुरु गरेका हुन् । झण्डै चार रोपनी क्षेत्रफलमा सुरु गरेको तरकारी खेती एक सिजन गर्दा नगर्दै तरकारी खेतीबाटै आत्मनिर्भर बन्न सकिँदो रहेछ भन्ने आत्मविश्वास थपिएको छ । ‘तरकारी खेतीबाटै राम्रै आम्दानी गर्न सकिने रहेछ, राइले भने– गरे के नहुने गरेछ र ?’

एक पटकमा २० हजार रुपैयाँ भन्दा धेरै आम्दानी तरकारी खेतीबाटै भएको बताउने राईले थप जग्गा भाडामा लिएर तरकारी खेती विस्तार गर्न लागेको बताए । ‘चार रोपनी आफ्नै जग्गामा तरकारी खेती गरिहेको छु, राईले भने– थप चार रोपनी जग्गा भाडामा लिएको छु ।’ सात रोपनी जग्गामा तरकारी खेती गर्दा राम्रो भाउ पाए एकै सिजनमा ५० हजार आम्दानी गर्ने सोच राईको रहेको छ ।

ग्रामीण स्वावलम्वन कार्यक्रम अन्र्तगत सञ्चालित अति विपन्न परिवारका लागि आम्दानी अभिवृद्धि कार्यक्रम अन्र्तगत तालिम लिएपछि ज्ञानबहादुरले तरकारी खेती सुरु गर्नुभएको हो । उनको बारीमा अहिले तनेबोडी, रामतोरिया, मुला, फर्सी, खुर्सानी, गोलभेडा, काक्रालगायतका तरकारी विक्री हुने अवस्थामा रहेका छन् ।

कार्यक्रमबाट प्राप्त सीप र क्षमताको सदुपयोग गरी आफूले तरकारी खेती सुरु गरेको राई बताउनुहुन्छ । उत्पादित तरकारी केही काठमाडौं र केही घरबाटै विक्री हुने गरेको बताउँदै राईले तरकारी खेतीबाट घर खर्च राम्रोसँग चलेकोमा आफूलाई खुशी लागेको बताए । ‘मेहनत गरे यही माटोमा सुन फल्दो रहेछ, राईले भने– छोराहरु विदेश जान तयार छन् मैले चार वर्ष यही माटोमा तरकारी खेती गरौँ , नभए मात्र विदेश जाउँ भनेको छु ।’ आफ्नो सल्लाह छोराले मानेपछि बाबुछोरा र श्रीमतिसहित व्यवसायिक खेतीमा होमिन लागेको राई बताउँछन् ।

ग्रामीण स्वावलम्वन विकास केन्द्रले नुवाकोटका चार वटा गाविसमा सञ्चालन गरेको विपन्न परिवारको आर्थिक अभिवृद्धि कार्यक्रमको अनुगमनका लागि सरोकारवालाहरुले गरेको अनुगमनका क्रममा चौघडा पुग्दा राईको तरकारी खेती प्रशंसायोग्य रहेको जिल्ला विकास समितिका बरिष्ट कार्यक्रम अधिकृत पुष्कर शर्मा रिमालले बताए ।

नुवाकोटको चौघडा र थानापति गाविसमा सञ्चालन गरिएको परियोजनाको अनुगमनका क्रममा अति विपन्न परिवारका लागि लक्षित गरिएको कार्यक्रमले आफूहरुको जीवनमा सकारात्मक प्रभाव ल्याएको स्थानीयबासीहरुले बताएका थिए । जिल्ला विकास समिति नुवाकोटको नेतृत्वमा जिल्लाका सरोकारवालाहरु सहभागी अनुगमनका क्रममा चौघडा गाविसका महिलाहरुले आफूहरुमा वचत गर्ने वानीको विकास भएको, कृषि, पशुपालन, व्यवसायिक खेतीका लागि कार्यक्रमले थप उर्जा दिएको बताएका हुन् ।

तरकारी खेतीको लागि उपयुक्त स्थान भएपनि तरकारी खेती नगरेका चौघडाका राई समुदायले तरकारी खेतीको सुरु गरेका छन् । तर, सिंचाईको अभावमा व्यवसायिक तरकारी खेति गर्न समस्या भएको दुर्गाभवानी आयआर्जन समूहका सदस्यहरुले गुनासो गरेका छन् ।

परियोजनाले नुवाकोटका सुनखानी, थानापति, चौघडा र सुर्यमति गाविसका अति विपन्न परिवारका एक हजार ६ सय ५८ जनालाई उद्यमी तथा आत्मनिर्भर बनाउने अभियान अन्र्तगत कार्यक्रम सञ्चालन गरिएको कार्यक्रमका फिल्ड सुपरभाइजर साधुराम सापकोटाले बताए ।

कार्यक्रम अन्र्तगत चौघडा गाविसका २३ वटा समूह गठन भएको छ गठन भएको समूहलाई संस्थाले गाउँस्तरीय सहकारी गठन गर्ने, उत्पादित बस्तुको बजारीकरणको लागि सहयोग गर्ने र उद्यमी बन्नका लागि सहुलियत ऋण उपलब्ध गराउनेलगायतका कार्यक्रम रहेका छन् ।

bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality

ताजा अपडेट

प्रतिक्रिया

Top