sujim bazar advert

चौघडालाई जैविक गाउँ बनाउन पहल

    असार १६, २०७३

Sizen Education Consultancy Pvt. Ltd.

Big Education Consultancy Nuwakot
global ime bank flash loan

विदुर – नुवाकोटको चौघडा गाविसलाई जैविक गाउँ बनाउनुपर्ने सरोकारवालाहरुले बताएका छन् । चौघडामा आयोजित सात दिने बेमौसमी तरकारी खेतीसम्वन्धी तालिमको शुभारम्भका अवसरमा वक्ताहरुले यस्तो धारणा राखेका हुन् ।

बेमौसमी अर्गानिक तरकारी उत्पादन गरी उपभोक्ताहरु समक्ष पु¥याउनको लागि पु¥याउनको लागि तालिमको आयोजना गरेको आयोजक सामाजिक स्वास्थ्य उत्थान केन्द्र नुवाकोटले जनाएको छ । तालिमको उद्धघाटन गर्दै व्यबस्थापिका संसदका सदस्य एवं नेपाली काँग्रेस नुवाकोट सभापति जगदिश्वरनरसिंह केसीले शिक्षित नागरिकहरु र कृषि पेसामा आबद्ध भएका सबै नागरिकहरु मिलेर अर्गानिक तरकारी उत्पादनमा लाग्नको लागि आग्रह गरे ।

यस्तै कार्यक्रममा जिल्ला बिकास समिति नुवाकोटका कार्यक्रम अधिकृत पुष्कर शर्मा रिमालले कृषि क्रान्तिको लागि अग्रसर भएता पनि कृषक बन्नको लागि लजाउने प्रवित्तिले कृषि पेसामा अझै आकर्षण आउन नसकेको बताए । चौघडाको उर्बर भुमिमा अर्गानिक तरकारी उत्पादन गरी जैबिक ग्राम घोषणको लागि चौघडाका नागरिकहरु अग्रसर हुनुपर्ने उनले बताए ।

यस्तै कार्यक्रममा सामाजिक स्वास्थ्य उत्थान केन्द्र नुवाकोटका सभापति केदार तिवारीले बेमौसमी तरकारी खेति तालिममा सिकेका सिपहरुलाई ब्यबहारमा उतार्न सकेमा चौघडाका नागरिकहरु आर्थिक उन्नतिमा लम्किने बताए ।

बेमौसमि तरकारी खेति सम्बन्धि तालिम कार्यक्रममा नेपाली काँग्रेस जिल्ला सदस्य शिब दाहाल, नेपाली काँग्रेस चौघडा गाबिस ईकाई सभापती पदमबहादुर राई, नेकपा एमाले चौघडा कमिटि अध्यक्ष रामचन्द्र खतिवडा, गैर सरकारी संस्था महाँसंघ जिल्ला शाखा नुवाकोटका निबर्तमान अध्यक्ष पदम उप्रेती, जिल्ला खेलकुद बिकास समिति नुवाकोटका कार्यालय प्रमुख सन्तोषि बैद्य, क्षेत्रपाल उच्च माध्यमिक बिद्यालय चौघडाका प्राचार्य कृष्णबहादुर राई लगायतले मन्तब्य राखेका थिए ।

bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality
9th Nuwakot Mahotsav 2082

ताजा अपडेट

प्रतिक्रिया

Top