sujim advert

किसान महासंघमा खाती

    असार १६, २०७३

advertisement placement
ananda Jewellery shop
sizen education new intake 2025

Kissan Maha Sangh
bidur tax consultancy services in nuwakot

विदुर – नेकपा एमाले निकट अखिल नेपाल किसान महासंघ जिल्ला समन्वय समितिमा नयाँ नेतृत्व चयन भएको छ । बुधवार विदुरमा आयोजित भेलाले यमकुमार खातीको संयोजकत्वमा १५ सदस्यीय अखिल नेपाल किसान महासंघ जिल्ला समन्वय समिति घोषणा गरिएको हो ।

समितिको उपसंयोजकमा सानुबाबु अधिकारी, सचिवमा पुष्कर बोगटी चयन भएका छन् । सदस्यहरुमा निलप्रसाद रिजाल, पुरुषोत्तम नेपाल, धु्रवप्रसाद सापकोटा, विरवल तामाङ, गंगाबहादुर तामाङ, ठाकुर भण्डारी, रामप्रसाद खतिवडा, शिवप्रसाद देवकोटा, विन्दा विक, जीवराज खतिवडा र शोभितराज पाठक चयन भए । महासंघका अध्यक्ष गोकर्णराज पाठकले सर्वसम्मत चुनिएका पदाधिकारीहरुको घोषणा गरेका थिए ।

पाठकले महासंघले भुकम्पपीडित नुवाकोटका किसानहरुको समस्यालाई ध्यानमा राखी गत वर्ष नुवाकोटका विभिन्न गाविसमा धान तथा तरकारीको विउ वितरण गरेको जानकारी गराएका थिए ।

चौथो जिल्ला भेलाको उद्घाटन गर्दै पूर्व कृषि मन्त्री तथा अखिल नेपाल किसान महासंघका केन्द्रीय उपाध्यक्ष हरिप्रसाद पराजुलीले नेपालको आर्थिक विकास कृषि पर्यटन र जलस्रोत मात्रै गर्न सक्ने भएकाले देशको आवश्यकतालाई पूरा गर्नका लागि निर्यातमूखी उत्पादनतर्फ लाग्नुपर्ने सुझाव दिए । पराजुलीले २०४४ सालसम्म खाद्य सामग्री निर्यात गर्ने नेपालले अहिले एक खर्वको खाद्य बस्तु आयात गर्ने अवस्थामा पुग्नुमा युवाहरु कम आकर्षित भएको बताए ।

as fashion store in Trishuli Nuwakot
HPV-Vaccination-Campaign-Against-Cervical-Cancer-2081-ad
bidur-municipality-dengue-awareness

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top