sujim bazar advert

भूकम्प पीडित व्यवसायिक आयआर्जन अभियान

    असार १६, २०७३

Sizen Education Consultancy Pvt. Ltd.

Big Education Consultancy Nuwakot

रसुवा –  परम्परागत र निर्वाहमुखी खेतीबालीमा वर्षौँसम्म गुज्रिरहेका रसुवाका किसानहरु व्यवसायिक पशुपालन, तरकारी खेतीमार्फत् जिविकोपार्जन गरी आत्मनिर्भर बन्ने अभियानमा जुटेका छन् । रसुवामा जिल्लामा समुदायका किसानहरूलाई भूकम्पपछिको पुनस्र्थापनामा सहयोग पु¥याउने उद्देश्यका साथ व्यवसायिक तरकारी खेतीमा सामुदायिक आत्मनिर्भर सेवा केन्द्रको सहयोगमा उक्त अभियान सञ्चालन भएको हो ।

संस्थाको साथ पाएपछि कृषकहरु पनि उत्साहित भएर आयआर्जनको बाटोमा लागिपरेका हुन् । यस परियोजनामार्फत हालसम्म ३ सय ६५ परिवार भूकम्प पीडितलाई जीविकोपार्जनमा सहयोग गरेको छ । लामो समयदेखि भूमि अधिकार अभियानमा सघाइरहेको आत्मनिर्भर केन्द्रले जिल्लामा भूमिहीन, साना किसान र महिला किसानको जीविकामा सहयोग पु¥याउनको लागि सहयोग पु¥याउने कार्यक्रम सञ्चालन गरिएको आत्मनिर्भर केन्द्रका संयोजक विश्वास नेपालीले बताए ।

केन्द्रले २०० परिवारलाई गोलभेंडा खेती, ९६ परिवारलाई प्याज खेती, ३७ परिवारलाई आलु खेती, १६ परिवारलाई बाख्रा पालन र १६ परिवारलाई मौरीपालनमा सहयोग गरेको छ । समुदायका भूमिहीन, साना किसान, एकल महिला र महिला किसानलाई व्यावसायिक तरकारी खेतीमा संलग्न गराई उनीहरूको जीविकोपार्जनमा पनि सहयोग पु¥याई त्यसबाट हुने आम्दानीले पुनर्निर्माणमा सहयोग पुग्ने लक्ष्यका साथ समुदायका यस्ता वर्गहरू छनोट गरी सहयोग पु¥याएको संयोजक नेपालीले बताए । यस्तो जीविकोपार्जन सहयोग कार्यक्रम जिल्ला भूमि अधिकार मञ्च रसुवा र आत्मनिर्भर केन्द्रमार्फत जिल्लाको भोर्ले, लहरेपौवा र धैबुङ गाविसमा सञ्चालन गरिएको छ ।

विनाशकारी भूकम्पको मारमा समाजमा अझ बढी मारमा भूमिहीन, सुकुमबासी, महिला किसान, एकल महिलाहरू बढी प्रभावित भएका छन् । उनीहरूलाई तत्काल बसोबासको समस्या छ । सरकारले दिने रातह रकम मात्र पुनर्निर्माणको लागि पर्याप्त हुँदैन, यसकारण नयाँ घर बनाउन तथा अन्य संरचनाहरूको पुनर्निर्माणको लागि जीविकोपार्जन लगायतको कार्यक्रमबाट आयआर्जनमा टेवा पुग्ने जिल्ला भूमि अधिकार मञ्चका अध्यक्ष चित्रकुमारी न्यौपानेको भनाई छ । रसुवा धैबुङ ४ का कृषक खिलप्रसाद आचार्य भन्छन्, हामी किसानसँग घर निर्माण गर्न, भत्केको संरचनाको निर्माण गर्नको लागि पर्याप्त रकम छैन, घर निर्माण गर्ने भन्ने चिन्ता छ, तर अहिले व्यवसायिक तरकारी खेतीमा लागेका छौं, यसबाट आयआर्जन बढाउने, छोराछोरीको शिक्षादिक्षा खर्च गर्ने र अलि बढी आम्दानी लिन सकियो भने नयाँ घर निर्माणको लागि पनि खर्च गर्न सक्छौं भन्ने आशा छ ।

समुदायमा सञ्चालन भएको जीविकोपार्जन कार्यक्रमको रसुवा जिल्लाका प्रमुख जिल्ला अधिकार कृष्णप्रसाद अधिकारीले अनुगमन गर्नुभएको छ । आत्मनिर्भर केन्द्रले फिल्डमा गरेको कामको अनुगमनपछि प्रमुख जिल्ला अधिकारीले भन्नुभयो, समुदायमा सञ्चालित कार्यक्रमले साच्चै भूकम्पपीडितको जीवनमा परिवर्तन ल्याउने गरी व्यावसायिकरुपमा सञ्चालन गरिएको रहेछ । यस्तै, उक्त कार्यक्रमको प्रभावकारिताबारेमा जिल्ला कृषि विकास कार्यालयका प्रमुख रमेश हुमागाँईले पनि अनुगमन भम्रण गरी कार्यक्रम प्रभावकारीरुपमा सञ्चालन भइरहेको बताए ।

bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality

ताजा अपडेट

प्रतिक्रिया

Top