+
Search

ताजा अपडेट +

पपुलर +

टेलिकमले फेरि ल्यायो मिस्ड कल एलर्ट, १८ रुपैयाँमा एकघण्टा डाटा चलाउन यसो गर्नुस्

Nepal Telecom
डबली खबर
८ साल अगाडी

काठमाडौं। नेपाल टेलिकमको मिस्ड कल एलर्ट सेवा भोलि जेठ १५ गतेदेखि पुनः संचालनमा ल्याउदैछ। नेपाल टेलिकमले गणतन्त्र दिवसका अवसरमा मिस्डकल एलर्ट सेवा पुनः संचालनमा ल्याउन लागेको हो।

मिस्ड कल सेवा जीएसएम पोष्टपेड तथा प्रिपेड मोवाइलमा लागू हुने टेलिकमले जारी गरेको बिज्ञप्तीमा उल्लेख छ।

Nepal Telecom Press Release 2075

कम्पनीका अनुसार सेवाग्राहीले नम्बर व्यस्त हुँदा, नेटवर्क नभएको अवस्थामा र स्विच अफ भएको बेला फोन आउँदा एसएमएसमार्फत नोटिफिकेसन पाउनेछन्।

उक्त सेवा लिनकालागि सेवाग्राहीले एसयुबी  एसिए लेखेर १४०० मा एसएमएस अथवा डायल गर्नुपर्ने प्रावधान रहेको बिज्ञप्तीमा उल्लेख छ।

टेलिकमका अनुसार उक्त सेवा १५ दिनकालागि निशुल्क लिन सक्नेछन् भने सो अवधिपछि मासिक पाँच रुपैयाँ सेवा शुल्क लाग्नेछ। जिएसएम र सिडीएमए सेवाग्राहीले  कम्पनीको नेट्वर्कभित्र १८ रुपैयाँमा एक घण्टा भ्वाइस, एसएमएस र डाटा चलाउन सक्ने कम्पनीले बताएको छ।

टेलिकमका अनुसार १२ रुपैयाँमा पाँच दिन भित्र एक सय २० वटा एसएमएस पठाउन सक्नेछन्।

जेठ १४ गतेदेखि २८ गतेसम्म लागू हुने अफर खरिदका लागि सेवाग्राहीले *१४१५*८# डायल गर्न सक्ने कम्पनीले बताएको छ। (बिजमांडूबाट)

Nepal Telecome 1 Hour unlimited package voice, sms, data @NRs. 18

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ