+
Search

ताजा अपडेट +

पपुलर +

झोलुङ्गे पुल बन्द नहुने

डबली खबर
१७ मिनेट अगाडी

कार्तिक ७, नुवाकोट । विदुर नगरपालिकाको ढुङ्गेदेखि त्रिशूली जोड्ने सुगतपुर झोलुङ्गे पुल बन्द नहुने नुवाकोट निर्माण व्यवसायी सङ्घले जनाएको छ ।

सामाजिक संजालमा उक्त पुल निर्माणको क्रममा बन्द हुने हल्ला फैलिएको भए पनि त्यसमा कुनै सत्यता नरहेको सङ्घका अध्यक्ष शैलेन्द्रराज प्याकुरेलले जानकारी दिएका छन्।

चाडवाडको समयलाई मध्यनजर गर्दै पुल पूर्ण रूपमा खुला रहने र निर्माण कार्य भइरहेको अवस्थामा पनि आवतजावत नरोकिने उनले बताए।

उक्त पुल नेपाल निर्माण व्यवसायी महासङ्घले विदुर नगरपालिका ढुङ्गेस्थित त्रिशूली नदीमाथि २६८ मिटर लामो झोलुङ्गे पुल एक महिनामै निर्माण गरेको थियो  ।

गत भदौ १० गते आएको विनाशकारी बाढीले त्रिशूली बजार र ढुङ्गे बजार जोड्ने पुल बगाएपछि महासङ्घले आफ्नै कोषबाट र्निर्माण गरेको थियो ।

महासङ्घको आर्थिक सहयोग तथा नुवाकोट निर्माण व्यवसायी सङ्घको सक्रियतामा पुल निर्माण भएको थियो ।


नुवाकोटमा २६८ मिटर लामो झोलुङ्गे पुल निर्माण

नुवाकोटमा २६८ मिटर लामो झोलुङ्गे पुल निर्माण

 

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ