असोज २६, नुवाकोट । लिखु गाउँपालिका–४ चौघडामा गाउँपालिकास्तरीय वडा कप फुटबल प्रतियोगिता–२०८३ सुरु भएको छ।
गड्खार जनजागरण युवा क्लबको आयोजनामा दसैँ तथा तिहारको अवसर पारेर उक्त प्रतियोगिता सञ्चालन गरिएको क्लबका अध्यक्ष सन्तोष राईले जानकारी दिए । स्थानीय खेलाडीको प्रतिभा पहिचान र खेलकुद विकासमा यसले योगदान पुर्याउने अपेक्षा गरिएको उनले बताए ।
प्रतियोगिताको एक कार्यक्रमकाबिच लिखु गाउँपालिकाका अध्यक्ष ध्रुव श्रेष्ठले उद्घाटन गरेका हुन् ।
उद्घाटन खेलमा चण्डीभूमि युवा क्लबले गड्खार जनजागरण युवा क्लब ‘बी’लाई १–० गोलले हराएको छ।
असोज ३० गतेसम्म चल्ने यस प्रतियोगितामा आठ समूहले प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ।
प्रतियोगितामा लिखु गाउँपालिका वडा नं. २, ३ र ४ का खेलाडी तथा समूह सहभागी छन्।
प्रतियोगिताका विजेताले खसी र उपविजेताले बोकासहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।