भदौ १६, नुवाकोट । गत भदौ १० गते अचानक आएको बाढी त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयले वैकल्पिक माध्यमबाट पठनपाठन पुनः सञ्चालन गर्ने भएको छ।
प्रधानाध्यापक राजेन्द्र दवाडीका अनुसार भौतिक संरचना नष्ट भए पनि विद्यालयको प्राज्ञिक अठोट र शैक्षिक संकल्प अझै सुदृढ रहेको बताए । स्थानीय सरकारको सहजीकरण र समन्वयमा छिट्टै उपयुक्त वैकल्पिक माध्यमबाट पठनपाठन सुचारु गर्ने तयारी भइरहेको उनले जानकारी दिए ।
शून्यबाट उठेर त्रिभुवन त्रिशूली माविलाई हिजोभन्दा अझ सुरक्षित, बृहत् र अत्याधुनिक सुविधायुक्त विद्यालयको रूपमा पुनर्जीवित गर्ने प्रतिबद्धता व्यक्त गर्दै विद्यालयले राज्यका उच्च निकाय, स्थानीय प्रशासन र आम सहयोगी मनहरूसँग सहयोगको अपिल गरेको छ।
विद्यालयले संवेदनशील समयमा सामाजिक सञ्जालमा विद्यालय सञ्चालनलाई लिएर भइरहेका सतही र कपोलकल्पित टीकाटिप्पणीले थप मानसिक पीडा थपेको भन्दै विद्यालयले सबै सरोकारवालाहरूलाई सम्हालिन समय र समभाव दिन अपिल गरेको छ।
विद्यालयमा कुल १ हजार ६४३ जना विद्यार्थीहरु अध्ययनरत थिए ।