+
Search

ताजा अपडेट +

पपुलर +

‘पत्रकारितामा एआई’ विषयक एक दिवसीय कार्यशाला

One-day workshop on AI in Journalism Nepal
डबली खबर
२ घण्टा अगाडी

साउन १४, काठमाडौँ । महिला आर्थिक पत्रकार संघ (फेजा) र कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासङ्घको संयुक्त आयोजनामा ‘पत्रकारितामा आर्टिफिसियल इन्टेलिजेन्स’ विषयक एक दिवसीय कार्यशाला भएको छ।

कार्यशालाको मुख्य उद्देश्य नेपाली मिडिया क्षेत्रमा महिला पत्रकारहरूको भूमिकालाई अझ प्रभावकारी, प्रविधिमैत्री र नेतृत्वदायी बनाउनु रहेको फेजका अध्यक्ष शर्मिला ठकुरीले बताईन् । आधुनिक न्युजरुममा एआई र अटोमेसनको बढ्दो प्रयोगलाई ध्यानमा राख्दै महिला सञ्चारकर्मी तथा मिडिया व्यवस्थापकहरूलाई प्रविधिको अग्रणी स्थानमा पुर्‍याउने र डिजिटल साक्षरता अभिवृद्धि गर्ने लक्ष्य रहेको उनले बताईन् । रणनीतिक सहकार्यलाई महिला पत्रकारहरूलाई आधुनिक डिजिटल युगमा दक्ष र सशक्त बनाउने एउटा ऐतिहासिक कदमका रूपमा व्याख्या गरिन् ।

कार्यशालामा सहभागीहरूलाई आधुनिक प्रविधिको व्यावहारिक ज्ञान प्रदान गर्न चारवटा मुख्य विषयगत सत्रहरू सञ्चालन गरिएको क्यान महासंघका कार्यवाहक अध्यक्ष चिरन्जीवी अधिकारीले जानकारी दिए ।

उपकरणको प्रयोग र ठूला ‘ल्याङ्ग्वेज मोडल’हरूबाट तथ्यपरक सूचना प्राप्त गर्न ‘प्रम्प्ट इन्जिनियरिङ’को अभ्यास गराउनुका साथै अनलाइनमा फैलिने असत्य समाचार र ‘डीपफेक’ सामग्री पहिचान गर्न डिजिटल ‘फरेन्सिक’ तथा तथ्य-जाँच सम्बन्धी प्रशिक्षण दिइएको उनले जानकारी दिए ।

त्यसैगरी, तथ्याङ्क विश्लेषण, अडियो-भिडियो ट्रान्सक्रिप्सन र अटोमेसन टूलहरूको प्रयोगमार्फत कार्यप्रवाह सहज बनाई खोजमूलक पत्रकारितालाई कसरी बलियो बनाउने र पत्रकारितामा नैतिकता, पारदर्शिता तथा डाटा सुरक्षा कसरी कायम राख्ने भन्नेबारे गहन छलफल भएको थियो ।

प्रविधिको तीव्र विकाससँगै बढ्दै गएको भ्रामक सूचना र गलत जानकारीलाई रोकेर सूचनाको विश्वसनीयता जोगाउन क्यान महासङ्घले निरन्तर सचेतना अभियान चलाउने प्रतिबद्धता समेत जनाएको छ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ