जेठ २४, नुवाकोट । आठौँ अन्तरविद्यालय खुला लोकनृत्य प्रतियोगितामा समूहगत नृत्य प्रतियोगितामा अर्किड एकेडेमी नुवाकोट र एकलतर्फ ओममाने पब्लिक स्कुल प्रथम भएको छ ।
सुभेनियर बोर्डिङ स्कुल र जिल्लाबाट प्रकाशित सुन्दरादेवी सन्देश साप्ताहिकको संयुक्त आयोजनामा शनिबार भएको प्रतियोगितामा समूहगत नृत्यमा उत्कृष्ट नृत्य प्रस्तुत गर्दै विदुर नगरपालिका-४ बट्टारमा सञ्चालित अर्किड प्रथम भएको हो ।
समुहगतमै त्रिशूली सामुदायिक बोर्डिङ स्कुल द्वितीय र दिव्यरत्न बोर्डिङ स्कुल तृतीय भएका छन्। एपिक किड्सले सान्त्वना स्थान हासिल गरेको छ।
विजेताहरुले क्रमश: १५ हजार, १० हजार, ५ हजार र दुई हजार पाँचसय नगद पुरस्कारसहित अर्किडले प्रशंसापत्र प्राप्त गरेका छन् ।
यसैगरी, एकल नृत्यतर्फ ओममाने पब्लिक स्कुलका पूर्णिका लामिछाने प्रथम, ज्योतीकुञ्ज एकेडेमी रियाना डंगोल द्वितीय, गुडविल एकेडेमीका सोफिया सुनार तृतीय र ज्योतीकुञ्ज एकेडेमीका शुभेच्छा धितालले सान्त्वना स्थान हासिल गरेका छन् ।
प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान हासिल गर्नेलाई क्रमशः ११ हजार १११, ६ हजार ६६६, ३ हजार ३३३ र एक हजार पाचसय नगद पुरस्कारसहित प्रशंसापत्रले प्रदान गरिएको थियो ।
कार्यक्रममा विजेताहरुलाई वरिष्ठ संगिताकार राजु सिंहले नगद पुरास्कारसहित प्रशंसापत्र प्रदान गरेका थिए ।
प्रतिक्रिया