+
Search

ताजा अपडेट +

पपुलर +

नेपालको चुच्चे नक्साअङ्कित एक सय रुपैयाँको नयाँ नोट बजारमा

Nepal new map indexing Nepalese rupee 100
डबली खबर
५ महिना अगाडी

११ मङ्सिर, काठमाडौं । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपैयाँ दरको नयाँ नोट बजारमा ल्याएको छ ।

राष्ट्र बैंकले एक सूचना जारी गर्दै साविककै आकार तथा रङमा सङ्केत नं. २० ०००००१ देखि ४० ९९९९९९ सम्म नयाँ नोट बजारमा ल्याएको जानकारी दिएको छ ।

‘नेपाल सरकारको जमानत प्राप्त यसको रुपैयाँ भुक्तानी माग्न आएमा नेपाल राष्ट्र बैंकबाट रुपैयाँ १०० रुपैयाँ एक सय तुरुन्त पाइने छ’ भन्ने प्रतिज्ञामूलक वाक्यांशसहित नोटमा बायाँतर्फ सगरमाथाको चित्र रहेको छ भने नोटको दायाँतर्फ लालीगुराँसको पानी छाप रहेकोछ । यसैगरी नोटको मध्यभागमा नेपालको नक्सा रहेको छ भने ।

नोटको मध्यभागमा अशोक स्तम्भको चित्रका साथै ‘लुम्बिनी द बर्थ प्लेस अफ लर्ड’ लेखिएको छ ।

साथै, अशोक स्तम्भसँगै दृष्टिविहीनहरूलाई नोट पहिचानको लागि छामेर थाहा पाउने एउटा कालो थोप्ला रहेको र बायाँतर्फ अण्डाकारभित्र सिल्भर मेटालिकमा मायादेवीको चित्र रहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ