+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

झिल्टुङमा महाकविको सालिक अनावरण

झिल्टुङमा महाकविको सालिक अनावरण
डबली खबर
६ महिना अगाडी

२ कार्तिक, नुवाकोट । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११७औं जयन्तीको अवसरमा बेलकोटगढी नगरपालिका–५, झिल्टुङस्थित कुञ्जिनी पार्कमा महाकविको सालिक अनावरण गरिएको छ ।

महाकवि लक्ष्मीप्रसाद देवकोटा साहित्य प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा नगरपालिकाका प्रमुख जगतबहादुर गुरुङले उक्त सालिकको अनावरण गरेका हुन् ।

प्रतिष्ठानका अध्यक्ष केदारप्रसाद नेपालको सभापतित्वमा भएको कार्यक्रममा साहित्यकार, जनप्रतिनिधि, सामाजिक संघसंस्थाका प्रतिनिधि एवं स्थानीय समुदाय गरी करिब ५ सय जनाको उपस्थिति रहेको थियो ।

कार्यक्रममा देवकोटाको मूर्ति निर्माण गर्ने मूर्तिकारद्वय दिनेश्वर महतो र हरिराम अधिकारीसहित कुञ्जिनी पार्क निर्माणमा सहयोग गर्ने निवर्तमान नगर उपप्रमुख कविता ढुङ्गाना, निवर्तमान वडाध्यक्ष अनन्तराम नेपाल, समाजसेवी मोहन नेपाल र स्थानीय द्वारिकाप्रसाद नेपाललाई सम्मान गरिएको थियो ।

यसै अवसरमा श्रष्टा पदयात्रा नेपालको टोलीले बेलकोटगढीदेखि कुञ्जिनी पार्कसम्म पदयात्रा तथा रचनावाचन कार्यक्रम पनि गरेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ