३० साउन, नुवाकोट । शुक्रबार त्रिशूलीका नेवार समुदायले टाकटुके जात्रा मनाएका छन् ।
विदुर नगरपालिका-१ त्रिशूलीस्थित गणेश मन्दिरदेखि सुरु भएको जात्रामा बालबालिकादेखि वृद्धवृद्धासम्मले टाकुटुके खेल्दै मछिन्द्रनाथ मन्दिर, कृष्णमन्दिर, भीमसेन मन्दिर हुँदै त्रिशूली पुल भएर ढुंगेमा रहेको गणेश मन्दिरसम्म पुगेर पुन: त्रिशूली बजार फर्केको थियो ।
टाकटुक खेल्दै स्थानीय क्षेत्र परिक्रम गरी नेपाल भाषामा गीत गाउँदै झुम्दै, नाच्दै यसवर्षको जात्रा मनाएको स्थानीय आनन्द शाक्यले बताए । जात्रामा बालबालिकादेखि वृद्धवृद्धाहरुको समेत सहभागिता रहेको थियो ।
जात्रामा विदुर नगरपालिका-१ का वडा अध्यक्ष लेनिन रञ्जित, ४ नम्बरका अध्यक्ष निलमबाबु ढुङ्गेल, विदुर नपा-१ र २ वडासदस्यहरु लगायतले पनि टाकटुके खेलेर सहभागिता जनाएका थिए ।
जात्रामा अन्य जातीय समुदायका मानिसहरुले पनि आआफ्नो समुदायको भेषभुषा लगाएर टाकटुके खेलेर रमाएका थिए ।
दुई लट्ठी जुदाउँदा जुन ट्वाक्क आवाज निस्कन्छ त्यसलाई प्रेमको प्रतिफलसँग तुलना गरिएको छ । यसलाई पुरुष र नारीको मिलनपछि आनन्दको रुपमा पनि लिने गरेको पाईन्छ । बिहे गरेर चेली माईतमा आएर यस जात्रामा नाच्ने गरेको कथन छ ।

प्रतिक्रिया