+
Search

ताजा अपडेट +

पपुलर +

छाडा कुकुरको स्थायी बन्ध्याकरण अभियान

Permanent sterilization campaign for stray dogs
डबली खबर
११ महिना अगाडी

३० जेठ, नुवाकोट । विदुर नगरपालिका उपप्रमुख प्रभा बोगटीले सामुदायिक तथा छाडा कुकुर बन्ध्याकरण एवं रेविज रोग विरुद्धको खोप शिविरको आज अनुगमन गरेकी छिन् ।

विदुर नगरपालिकाको वार्षिक नीति तथा कार्यक्रम अनुसार शहरी क्षेत्रमा बढ्दो कुकुरको सङ्ख्या वृद्धिमा नियन्त्रण र व्यवस्थित गर्न यो कार्यक्रम लागु गरिएको उनले बताईन् । जेठ २७ गतेदेखि सञ्चालन भइरहेको शिविरले सामुदायिक कुकुरको वृद्धिदर सङ्ख्यामा न्युनीकरण गर्न सहयोग पुग्ने उनले बताईन् ।

बजार क्षेत्रमा कुकुरको सङ्ख्या बढ्दा नगर अब्यवस्थित हुनुको साथै विभिन्न रोग लाग्ने जाेखिम बढेपछि अभियानलाई यसवर्ष पनि निरन्तता दिईएको बोगटीको भनाइ छ ।

नेपाल एनिमल वेलफेएर एण्ड रिसर्च सेन्टरको सहकार्यमा विज्ञ टोलीले शुक्रबारसम्ममा ७७ वटा कुकुरको बन्ध्याकरण गरिएको नगरपालिकाका पशु विकास शाखाका विष्णुप्रसाद रिजालले जानकारी दिए । नगरका वडा नम्बर २, ४, ५, ९ र १० का विभिन्न क्षेत्रहरुबाट साँझको समय कुकुरलाई नियन्त्रणमा लिइ बिहान बन्ध्याकरण र रेबिजको खोप लगाउने गरिएको उनले बताए । साथै कुकुरलाई बन्ध्याकरण पश्चात खाना दिइ सोहि स्थानमा छाड्ने गरिएको छ।

शिविर यहि असार १ गतेसम्म सञ्चालन हुने र कुल एकसय १२ वटा कुकुरको बन्ध्याकरण गर्ने लक्ष्य रहेको प्राविधिक सहयोग संस्थाका संयोजक डा. सुजन भण्डारीले जानकारी दिए ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ