१७ जेठ, नुवाकोट । कौसी खेती प्रवर्द्धनका लागि विदुर नगरपालिका-२ विदुरस्थित हुलाकमार्गका ३० जना महिलालाई पाँचदिने कौसी खेतीसम्बन्धी दिईएको छ।
तालिममा अर्ग्यानिक तराकारी खेतिको आवश्यकता, माटोको तयारी, बाली छनौट, बेर्ना उत्पादन, बेर्ना सार्ने प्रक्रिया, मलखाद ब्यवस्थापन, सम्भवित रोग र निदानका उपाय र बाली भित्र्याउने प्रक्रिया सिकाईएको विदुर नगरपालिका-२ का वडा अध्यक्ष दीपक कायस्थले बताए । आफ्नो घरमा उत्पादन गरिएका ताजा तरकारी आफैँले उपभोग गर्न स्थानीयलाई प्रोत्साहनस्वरूप कौसी खेती सम्बन्धी तालिमको व्यवस्था गरिएको उनले बताए ।
कौसी, बरण्डा तथा छतमा खेती गर्न स्थानीय बासिन्दालाई कौसीखेती सम्बन्धी तालिम दिईएको २ नम्बर वडाका वडा सदस्य गिता तिमिल्सिनाले जानकारी दिईन् ।
तालिमपछि सहभागीहरूलाई कौसी खेतीका लागि नि:शुल्क बीउबिजन र आवश्यक सरसामान वितरण गरिएको नगरपालिकाका कार्यपालिका सदस्य सबु मिजारले जानकारी दिईन् ।
विदुर नगरपालिका महिला तथा बालबालिका शाखाका प्रमुख सुष्मिता पोखरेलले तालिममा स्थानीय जातका तरकारी लगाउन प्रोत्साहन गर्न र हाइब्रीड जातको समेत जानकारी गराएको जानकारी दिईन्। भान्साबाट निस्कने फोहरलाई ब्यवस्थापन गरी मल बनाउने विधि समेत तालिममा सिकाइएको उनले बताए ।

प्रतिक्रिया