नुवाकोट – राष्ट्रिय अपाङ्ग कोषले प्रतिभाशाली अपाङ्गता भएका व्यक्तिहरूलाई विभिन्न पुरस्कारद्वारा सम्मान गरिने भएको छ।
अपाङ्गता विद्यार्थी प्रतिभा पुरस्कार र अपाङ्गता शिक्षक सम्मान पुरस्कारद्वारा १२ जनालाई पुरस्कार प्रदान गरिने समाज कल्याण परिषद्का सदस्य सचिव मनोज भट्टले जानकारी दिए।
२०८० सालको एसईई. परीक्षामा सर्वाधिक अङ्क ल्याउने शारीरिक, बहिरा र दृष्टिविहीन गरी तीन जनालाई अपाङ्गता विद्यार्थी प्रतिभामा पुरस्कारद्वारा सम्मान गरिने जनाएको छ।
यस्तै, अपाङ्गता शिक्षक सम्मान पुरस्कार प्रदानअन्तर्गत हेमागगा शारीरिक अपाङ प्रतिभा, धन-इन्दिरा राणा बहिरा प्रतिभा, चन्द्रकुमार भट्टराई दृष्टिविहीन प्रतिभा, इश्वरी मोनी बौद्धिक अपाङ्ग प्रतिभा, मेरुदण्ड पक्षघात भएका प्रतिभावान् महिलाहरूलाई प्रदान गरिने ज्योति के.सी. अपाङ्ग प्रतिभा, कलाकार हरिप्रसाद स्वरोजगार सहयोग, डा. वीरेन्द्रराज पोखरेल पहुँचयुक्त सूचना प्रविधि उत्कृष्ट र मुनिश्वर पथका पाईलाहरू पुरस्कार रहेका छन्।
अपाङ्गता भएका व्यक्तिहरूले मङ्सिर ६ गतेभित्र फोटो, व्यक्तिगत विवरण र कागजातको प्रतिलिपिसहित निवेदन/सिफारिस पठाउनुपर्ने हुन्छ ।

प्रतिक्रिया