+
Search

ताजा अपडेट +

पपुलर +

विद्युतीय सवारी खरिद गर्दा बैंकबाट कर्जा पाइने

global ime bank contracted with cimex ink
डबली खबर
१ साल अगाडी

काठमाडौं – ग्लोबल आइएमई बैंक लिमिटेड र सिमेक्स इंक प्रालिबीच सहजरुपमा विद्युतीय सवारी कर्जा प्रवाह गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

उक्त समझदारी अनुसार बैंकले, सिमेक्स इंक प्रालि तथा उक्त कम्पनीका आधिकारीक बिक्रेताले बिक्री गर्ने बीवाईडी ब्राण्डका विद्युतिय सवारी साधन खरिद गर्न चाहने नेपाली नागरिकहरुले आवश्यक कागजात तथा विवरण सहित बैंकको शाखा कार्यालयमा निवेदन दिए पश्चात नियमानुसार बैकले उचित ठहर्याएका ग्राहकलाई ३ कार्यदिन भित्र सहजरुपमा सवारी साधन कर्जा प्रवाह गर्नेछ ।

ग्रिन फाइनान्सिङ प्रवद्र्धन गर्न बैंकले व्यक्तिगत प्रयोजनका सवारी साधनलाई न्यूनतम् व्याजदरमा कर्जा प्रवाह गर्दै आएको छ । आफ्ना ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी बैंकले विभिन्न किसिमका समयसान्दर्भिक योजनाहरु ल्याएर ग्राहकहरुलाई लाभान्वित गर्दै आएको छ ।

उक्त समझदारी पत्रमा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल र सिमेक्स इंक प्रालिका तर्फबाट सेल्स तथा सोरुम म्यानेजर संध्या श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ