काठमाडौं – ग्लोबल आइएमई बैंकले थप एक नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । बैंकले तुल्सीपुर उपमहानगरपालिका वडा नं. ६, मदनआश्रित चोक तुलसीपुरस्थित मालपोत कार्यालयमा काउन्टर सञ्चालनमा ल्याएको जनाएको छ ।
बिहिबार उपमहानगरपालिका प्रमुख टिकाराम खड्काले एक समारोहकाबिच उक्त बैंकको ६८औं एक्सटेन्सन काउन्टरको उद्घाटन गरेका हुन् ।
सेवाग्राहीको बढ्दो चाप र आवश्कतालाई मध्यनजर गर्दै बैंकले नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याइएको हो ।
नयाँ एक्सटेन्सन काउन्टरबाट निक्षेप सङ्कलन, नगद भुक्तानी, मोबाइल तथा अनलाइन बैंकिङ सेवा, रेमिट्यान्सको सुविधा लगायत सबै किसिमका साधारण बैंकिङ सेवाहरु उपलब्ध हुनेछन् ।
बैंक मुलुकका ७७ जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो ।

प्रतिक्रिया