+
Search

ताजा अपडेट +

पपुलर +

नुवाकोट एफएमद्वारा लोकगायक सृष्टा र तेक्वान्दो रेफ्री सम्मानित

डबली खबर
२ साल अगाडी

विदुर – सामुदायिक रेडियो नुवाकोट एफएमको १५औं वार्षिक साधारणसभाको अवसरमा लोकगायक स्रस्टा बलराम खतिवडा र तेक्वान्दो रेफ्री जगन्नाथ अधिकारीलाई सम्मान गरेको छ ।

शनिबार विदुरमा आयोजित समारोहकाबीच सम्मानित द्वय खतिवडा र अधिकारीलाई जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख रजिन्द्रविक्रमसिंह ठकुरीले दोसल्ला ओढाई सम्मान-पत्रले सम्मान गरेका हुन् ।

साहित्य सङ्गीतकलामा पोख्त भई कुरीति, कुसंस्कार विरुद्ध तथा सामाजिक समानताको लागि आवाज बुलन्द पारी लोकगीत संगित कामर्मज्ञ गायक खतिवडाको योगदानको कदर गर्दै सम्मान गरिएको एफएमका स्टेशन प्रबन्धक श्रीराम अधिकारीले जानकारी दिए ।

दुप्चेश्वर गाउँपालिकाका निवासी स्रस्टा खतिवडाका “बाँसको लिङ्गो गरालो, मनै बरालो…” बोलको लोकगीत प्रख्यात छन् ।

समारोहमा नेपाली तेक्वान्दो राष्ट्रिय रेफ्री तथा संयुक्त अरब इमिरेट्स (युएइ) मा तेक्वान्दो खेलको पहिलो राष्ट्रिय रेफ्री बन्न सफल भएकोमा अन्तर्राष्ट्रियस्तरमा समग्र नुवाकोट जिल्ला र देशकै नाम राख्न सकेकोमा विदुर नगरपालिका-८ निवासी जग्गनाथ अधिकारीलाई सम्मान गरेको छ ।

वि.सं. २०६० सालदेखि तेक्वान्दो डोज्याङबाट खेल जीवन सुरु गरेका अधिकारीले हाल युएइमा तेक्वान्दो खेलको प्रशिक्षण दिईरहेका छन् ।

यसैगरी नुवाकोट एफएमले समारोहमा दुई दर्जनभन्दा बढी पूर्वकर्मचारीहरुलाई समेत सम्मान गरेको छ।

लोकगायक स्रस्टा बलराम खतिवडाको प्रख्यात गीत

अर्को समाचार

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ