नुवाकोट – विदुर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले ग्राहक र खानेपानी समितिका लागि छुट्टाछुट्टै विशेषता भएका मोबाइल एपको सञ्चालनमा ल्याएको छ ।
मोबाईल एपमा ग्राहकका लागि ग्राहक सूचना प्रणाली र व्यवस्थापनका लागि खानेपानी ज्ञान प्रणालीको विकास गरिएको कार्यालय प्रमुख राजकुमार तिमिल्सिनाले बताए ।
ग्राहक सूचना प्रणालीमा ग्राहकले संस्थाका सूचना, जानकारी पढ्ने, एपबाटै महसुल भुक्तानी गर्ने, संस्था र समितिका सम्पर्क नम्बर हेर्ने, खानेपानीको महसुल विवरण हेर्ने, मिटर रिडिङ विवरण हेर्ने, खानेपानीको गुणस्तर हेर्ने, खानेपानी वितरण तालिका हेर्ने, खानेपानीको गुनासो तथा सेवा अनुरोध गर्ने विशेषता रहेको उनको भनाइ छ ।
एपले संस्थाको विभिन्न महत्वपूर्ण सूचकहरू बिलिङ, महसुल सङ्कलन, लेखा, जिन्सी, गुनासो, पानी चुवाहट, गुणस्तर, पम्प नियन्त्रण, कर्मचारीलगायतका सबै विषयमा निर्णय गर्न आवश्यक पर्ने सबै सूचना मोबाइलबाटै प्राप्त गर्न सकिने भएको छ ।
दियालो टेक्नोलोजीको समन्वयमा मोबाईल एपमार्फत मिटर रिडिङ अटोमेशनजस्ता प्रणाली सञ्चालनमा ल्याएको कार्यालय प्रमुख तिमिल्सिनाले जानकारी दिए ।
यस अघि संस्थाले खानेपानी मिटर रिडिङलाई डिजीटल गरी अनलाईन भुक्तानीको सुविधा सञ्चालनमा ल्याएको थियो ।
मोबाईल एप एन्ड्रोइड भर्सन मात्र रहेको छ । एप आफ्नो मोबाईलमा राख्न यहाँ क्लिक वा ट्याब गर्नुहोस् ।

प्रतिक्रिया