+
Search

ताजा अपडेट +

पपुलर +

नुवाकोटमा १७ संक्रमित थपिए, १२ निको भए

nuwakot coronavirus covid19 update
डबली खबर
४ साल अगाडी

नुवाकोट – विगत २४ घण्टामा १४ पुरुष र ३ महिला गरी कुल १७ जनामा कोरोना सङ्क्रमण भएको पुष्टी भएको छ ।

स्वास्थ्य कार्यालय नुवाकोटका सूचना अधिकारी उत्तमराज खनालका अनुसार ५६ जनाको परीक्षणमा १७ जनामा कोरोना सङ्क्रमण देखिएको छ । जसमा १५ जनाको पिसिआर र २ जनाको एन्टीजेन परीक्षणबाट पोजेटिभ देखिएको जनाएको छ ।

तथ्यांकअनुसार जिल्लामा अहिले १ सय ३१ जना सक्रिय सङ्क्रमित रहेका छन् । जसमध्ये विदुर नगरपालिकाका ८२ जना, लिखु गाउँपालिकाका १७जना, बेलकोटगढी नगरपालिकाका ८ जना,शिवपुरी र किस्पाङका ५/५ जना, दुप्चेश्वर र तारकेश्वरका ३/३ जना, ककनी, सुर्यगढ़ी र पन्चकन्याका २/२ जना र तादी र म्यागङका १/१ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

अहिले ११ जना कोरोनाका बिरामीले अस्पतालमा उपचार गराइरहेका छन् । यस्तै घरमा आइसोलेसनमा १११ जना र आईसोलेसन सेन्टरमामा ९ जना रहेका छन् । विगत २४ घण्टामा १० जना कोरोनाका बिरामी डिस्चार्ज भएका छन् ।

हालसम्म नुवाकोटमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४७ जना पुगेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ