+
Search

ताजा अपडेट +

पपुलर +

मास्क अभियानमा नुवाकोट रेडक्रस

nepal mask abhiyan nuwakot redcross
डबली खबर
४ साल अगाडी

विदुर – सरकारले साताव्यापी सुरु गरेको मास्क अभियानमा नेपाल रेडक्रस सोसाइटी नुवाकोटले जिल्लामा पनि सञ्चालन गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबारबाट ‘महामारी नियन्त्रण र रोकथाममा मेरो प्रतिबद्धता मास्क लगाउनु नै आजको आवश्यकता’ भन्ने मूल नाराका साथ मन्त्रालयले साउन २३ गतेदेखि २९ गतेसम्म नेपाल मास्क अभियान सञ्चालन गरेको हो ।

सोहिअनुसार रेडक्रस नुवाकोटले पनि अभियान सञ्चालन गरेको कार्यबाहक सभापति निरञ्जनप्रसाद आचार्यले बताए। ‘म पनि मास्क लगाउँछु, अरूलाई पनि मास्क लगाउन प्रेरित गर्छु’, ‘म जिम्मेवार नेपाली’ जस्ता नाराका साथ मास्क अभियान सञ्चालन गरिएको उनले बताए । कोरोना भाइरसको संक्रमण हुन नदिन आफूले लगाइराखेको मास्क सहि तरिकाले विसर्जन गर्ने, मास्कको प्रयोग गर्ने, सामाजिक दुरीको कायम गर्ने लगायतका बिषयहरुलाई नागरिकतहसम्म फैलाउनको लागि अभियान सञ्चालन गरेको बताएको छ ।

सार्वजनिक स्थलमा मास्क नलाई हिड्ने नागरिकलाई मास्क प्रयोग गर्ने तरिका, मास्कको आवश्यक्ता र महत्वको बिषयमा जानकारी दिदै मास्क वितरण गरेको रेडक्रस नुवाकोटले जनाएको छ ।

रेडक्रसले जिल्ला शाखा अन्तर्गत रहेका उपशाखाहरुमार्फत पनि नेपाल मास्क अभियान सञ्चालन गर्ने जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ