+
Search

ताजा अपडेट +

पपुलर +

आज ५ जनामा संक्रमण पुष्टि, ६८ जना निको भए

nuwakot coronavirus covid19 update
डबली खबर
४ साल अगाडी

विदुर – आज नुवाकोटमा कोरोनाभाइरसका ५ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ६ हजार ७ सय ४७ पुगेको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।

आज ६८ जना संक्रमणमुक्त भएका छन् । हालसम्म नुव्कोतमा ६ हजार २ सय २८ जना संक्रमणमुक्त भएका हुन् ।

कार्यालयको अनुसार जिल्लामा अहिले ४ सय ७८ जना सक्रिय संक्रमित रहेका छन् । संक्रमित बिरामीहरु त्रिशुली अस्पतालमा ९० जना, खरानीटार अस्पतालमा ३० जना र आईसोलेसन सेन्टरमा ३०८ जना उपचारत रहेका छन् । यस्तै, सबैभन्दा बढी विदुर नगरपालिकाका १८५ जना होम आईसोलेसनमा रहेका छन् ।

कोरोनाभाइरसको कारण जिल्लामा ४१ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ