+
Search

ताजा अपडेट +

पपुलर +

नुवाकोटमा निषेधाज्ञा लम्बियो, साउन १ गतेसम्म थप

lockdown nuwakot map tws
डबली खबर
४ साल अगाडी

विदुर – नुवाकोटमा निषेधाज्ञा पटकपटक लम्ब्याईएको छ । जिल्ला प्रशासन कार्यालयले बैशाख २१ गतेदेखि जारी गरेको निषेधाज्ञा यहि साउन १ गतेसम्मका लागि थपिएको हो ।

जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालद्वारा जारी सूचनामा कोभिड-१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि नुवाकोटमा आज असार २५ गते राती १२ बजेदेखि साउन १ गते राती १२ बजेसम्म निषेधाज्ञा समय थप गरिएको छ ।

यो पनि पढ्नुहोस्
नुवाकोटमा भेटियो ‘डेल्टा प्लस’ भेरियन्ट, सबै उमेरमा सङ्क्रमण

जिल्लामा कोरोना संक्रमण बढेको भन्दै जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको बैठकले गरेको सिफारिसअनुसार प्रशासनले निषेधाज्ञा एकसाताका लागि थप गरिएको जनाएको छ ।

कोभिड व्यवस्थापन अध्यायदेश २०७८ र सङ्क्रमण रोग एन २०२० बमोजिम अत्यावश्यक कार्य बाहेकका कार्य गर्न निषेध गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ