+
Search

ताजा अपडेट +

पपुलर +

तादी गाउँपालिका २० ओइसोलेसन कक्ष

tadi rural municipality map nuwakot
डबली खबर
४ साल अगाडी

नुवाकोट – कोरोना रोगको सङ्क्रमणको दर बढ्दै गएसगैँ तादी गाउँपालिका उपचारको लागि ओइसोलेसन कक्ष व्यवस्थित बनाउदै लगेको छ ।

गत मंगलबार गरिएको स्वाबको नमूना परीक्षणमा २२ जना मध्ये १२ जना व्यक्तिमा कोरोना देखिएसगैँ समुदायमै पुगिसकेको कोरोना नियन्त्रणको लागी अहिले २० श्ययाको आइशोलेसन कक्ष तयार गरेको गाउँपालिकाको अध्यक्ष नारायणप्रसाद पाण्डे जानकारी दिए ।

उनको अनुसार दिन–प्रतिदिन बढ्दै रहेको विश्वव्यापी महामारीको रुपमा रहेको कोभिड–१९ ले तादी गाउँपालिका लगायत छिमेकी गाउँपालिकाहरुमा समेत पर्न सक्ने जोखिमलाई मध्यनजर गर्दै तादी गाउँपालिकाले खरानीटार अस्पताल खरानिटारमा अक्सिजन सहितको २० वटा आईसोलेसन श्यया तयार गरेको हो ।

कोरोनाको सक्रमणको दरमा देखिएको बृद्धिसगैँ तादी गाउँपालिकाले खरानीटार अस्पतालबाट स्वाव सङ्कलन गर्ने ब्यवस्था समेत मिलाएको छ । खरानीटार अस्पतालमा रोगको लक्षण देखिएका तादी गाउँपालिकाबासी सहित छिमेकी स्थानीयतहका बासिन्दाहरुको लागी समेत स्वाब संकलनको लागी सेवा दिन थालिएको छ ।

तथ्यांकअनुसार तादी गाउँपालिका १२ जना थप हुदाँ अहिले कोरोनाको सक्रिय सङ्क्रमितको सङ्ख्या २१ जना पुगेको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।

यसैबीच, तादी गाउँपालिका अन्तरगतको स्वास्थ्य शाखामा कार्यरत एक जना कर्मचारी सहित पालिकाको केन्द्र रहेको मुख्य बजार खरानीटार आसपासमा कोरोनाको सक्रमण तिव्र गतिमा देखिएसगैँ आजदेखि अनिश्चित समयको लागी अतिआवश्यक बाहेकका सेवा बन्द गरिएको छ ।
प्रशासकीय अधिकृत कृष्ण थापाले जारी गरेको सूचना अनुसार रोगको सक्रमण बृद्धि हुदै गएको र जिल्लामा निषेधाज्ञा समेत लगाइएको अबस्था भएकाले आजदेखि अनिश्चित समयको लागी गाउँपालिकाको कार्यालय, सबै ६ वटा वडा कार्यालय, विभिन्न शाखा कार्यालयको सेवा अतिआवश्यक बाहेक बन्द गर्न भनिएको छ ।

अति आवश्यक सेवा सुचारु राख्न तथा सेवा लिनको लागी पनी कोरोना रोगबाट बच्न तोकिएको मापदण्डको पालना गर्नको लागी अपिल गरिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ