+
Search

ताजा अपडेट +

पपुलर +

डाक्टर गोविन्द केसीलाई कोरोना संक्रमण

dr govinda kc nepal
डबली खबर
५ साल अगाडी

काठमाडौं – चिकित्सा शिक्षा सुधारका अभियन्ता तथा हाडजोर्नी विशेषज्ञ डाक्टर गोविन्द केसीलाई कोरोना संक्रमण  पुष्टि भएको छ।

बिहीबार सामान्य रुघाखोकी, ज्वरो, खोकीको लक्षण देखिएपछि उनले कोरोना परीक्षण गराएका थिए ।

पिसिआर परीक्षण गर्दा शुक्रबार उनको रिपोर्ट पोजेटिभ आएको डा. केसीका सहयोगी प्रितम सुवेदीले जानकारी दिए।  उनलाई श्वासप्रश्वासमा समेत समस्या भएको छ ।

उनी गत हप्ता मात्र रसुवा र नुवाकोटका जिल्ला अस्पताल पुगेका थिए ।

https://www.dabalikhabar.com/bagamati-province/11609/

उनको अहिले महाराजगञ्जस्थित टिचिङ अस्पतालको गणेशमान सिंह भवनमा उपचार भइरहेको सुवेदीले बताए।

उनले चिकित्सा शिक्षा सुधारका लागि विगत लामो समयदेखि आवाज उठाउँदै आइरहेका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ