+
Search

ताजा अपडेट +

पपुलर +

चिकित्सकमाथि हातपात गर्नेलाई कारवाही गर्न माग गर्दै एक्यबद्धता

doctor nurse solidarity trishuli hospital rally
डबली खबर
५ साल अगाडी

विदुर – चिकित्सकमाथि हातपात गर्नेलाई कारवाही गर्न माग गर्दे जिल्ला अस्पताल त्रिशुलीका चिकित्सक र नर्सहरुले एक्यबद्धता जनाएको छ।

नेपाल मेडिकल कलेज जोरपाटीमा कार्यरत चिकित्सकलाई हातपात गरेको विरोध गर्दै नुवाकोट जिल्लाका स्वास्थ्यकर्मीको समेत सुरुक्षाको माग गर्दै मङ्गलबार प्लेकार्ड सहित अस्पताल बाहिर प्रभातफेरी गरेका थिए।

गत जेठ १४ गते ६४ वर्षीया महिलाको नेपाल मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएपछि मृतकको छोरीले उपचारमा संलग्न एक चिकित्सक माथि हातपात गरेकी थिइन् । उपचारमा संलग्न चिकित्सकले लापरवाही गरेको उनको आरोप थियो ।

डिउटीमा रहेको चिकित्सकमाथि हातपात गर्नेलाई कानुन अनुसार कारवाही गर्न माग गरिएको छ । कोभिड–१९ को महामारीको विद्यमान अवस्थामा स्वास्थ्यकर्मी अग्रपंक्तिमा रहेर निरन्तर सेवामा खटिरहेकालाई यस घट्नाले भौतिक तथा मानसिक मनोबल गिराउने काम गरेको समेत अस्पतालका चिकित्सक दिपेश उप्रेतीले बताए।

नुवाकोटका चिकित्सकहरुले यस घटनाको निन्दा गर्दै अस्पतालको सेवा प्रवाहमा कुनै असर नपर्ने गरी सांकेतिक रुपमा नेपाल मेडिकल कलेज जोरपाटीका चिकित्सकहरुको संघर्षको कार्यक्रमलाई समर्थन गर्ने चिकित्सकहरुले बताएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ