+
Search

ताजा अपडेट +

पपुलर +

१२८ जना प्रहरीले लिए स्वास्थ्य सेवा

डबली खबर
२० घण्टा अगाडी

साउन २५, नुवाकोट ।  नेपाल प्रहरी श्रीमती सङ्घको ४२ औं वार्षिकोत्सवको अवसरमा जिल्ला प्रहरी कार्यालय नुवाकोटको परिसरमा एक दिने निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ।

जिल्ला प्रहरी कार्यालय नुवाकोटको आयोजना तथा त्रिशूली अस्पतालको प्राविधिक सहकार्यमा आज उक्त शिविर सञ्चालन भएको कार्यालय प्रमुख प्रहरी उपरीक्षक बिपिन रेग्मीले जानकारी दिए ।

शिविरमा जिल्ला प्रहरी कार्यालय तथा मातहतका निकायमा कार्यरत १२८ जना प्रहरी कर्मचारीहरूको स्वास्थ्य परीक्षण गरिएको जनाएको छ।

शिविरमा प्रहरी कर्मचारीहरूको आँखा परीक्षण, मधुमेह तथा रक्तचाप जाँच गरिनुका साथै आवश्यकता अनुसार निःशुल्क औषधि वितरण र स्वास्थ्य सम्बन्धी परामर्श सेवा प्रदान गरिएको त्रिशूली अस्पतालका निर्देशक डा. राजेन्द्र लामाले जानकारी दिए ।

सुरक्षामा खटिने प्रहरी कर्मचारीहरूको स्वास्थ्य स्थिति सुधार तथा रोगको पूर्वसावधानीका लागि यो शिविर प्रभावकारी बनेको आयोजकले जनाएको छ।

यसैगरी कार्यालयले विदुर नगरपालिका वडा नं. ५ देविघाटस्थित ज्येष्ठ नागरिक सेवा आश्रममा खाद्यान्न वितरण, विदुर नगरपालिका वडा नं.२ स्थित रुद्रेश्वर महादेवको मन्दिर र राहुलधारा परिसरमा सरसफाई, कार्यालय परिसरमा विभिन्न प्रजातिका फलफुल तथा अन्य बोटविरुवाहरु वृक्षरोपणलगायतका कार्यक्रम गरेको थियो।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ