+
Search

ताजा अपडेट +

पपुलर +

किस्पाङमा २६ जना स्वयंसेवीले दिए रगत

blood donation in Kispang RM Nuwakot
डबली खबर
१३ घण्टा अगाडी

साउन २०, नुवाकोट । किस्पाङ गाउँपालिकाको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी काहुले उपशाखाको समन्वयमा रक्तदान कार्यक्रम भएको छ ।

कार्यक्रममा २६ जना स्वयंसेवी रक्तदाताले रगत दान गरेका छन् ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार सेवा केन्द्र नुवाकोटको प्राविधिक सहयोग रहेको थियो ।

कार्यक्रमले स्थानीयस्तरमा रक्त सञ्चय बढाउन र आपत्कालीन अवस्थामा रगतको सहज उपलब्धता सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ