+
Search

ताजा अपडेट +

पपुलर +

विदुर पूर्ण खोप वडा सुनिश्चितता तथा दिगोपना घोषणा

Bidur Municipality announces municipal-level full vaccination ward assurance and sustainability program under the National Vaccination Program
डबली खबर
२ मिनेट अगाडी

३० वैशाख, नुवाकोट । विदुर नगरपालिकाले राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत पालिकास्तरीय पूर्ण खोप वडा सुनिश्चितता तथा दिगोपना घोषणा गरेको छ ।

नगर खोप समन्वय समितिका संयोजक तथा नगरप्रमुख राजन श्रेष्ठले मंगलबार आयोजित विशेष कार्यक्रमबीच विदुर नगरपालिकालाई पूर्ण खोप वडा सुनिश्चितता तथा दिगोपना कायम गरिएको औपचारिक घोषणा गरेका हुन् ।

कार्यक्रममा पूर्ण खोप वडा सुनिश्चितता तथा दिगोपना घोषणा गरेसँगै नगरका सबै वडाहरुलाई पनि प्रमाणपत्र प्रदान गरिएको थियो ।

नगरपालिकाका जनस्वास्थ्य निरीक्षक रामराजा भण्डारीका अनुसार नगरभित्रका ० देखि १५ महिनाका चारसय ९४ जना बालबालिका र १६ महिनादेखि २३ महिनासम्मका चारसय २८ जना बालबालिकाले तोकिएको मापदण्डअनुसार सबै खोप प्राप्त गरेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ