+
Search

ताजा अपडेट +

पपुलर +

सातौं दुप्चेश्वर कप भलिबल सुरु

dupcheshwor volleyball tournament
डबली खबर
१ महिना अगाडी

२ वैशाख, नुवाकोट । आजदेखि दुप्चेश्वर गाउँपालिकामा ‘सातौं दुप्चेश्वर कप राष्ट्रव्यापी अन्तरस्थानीय तह स्तरीय खुला पुरुष भलिबल प्रतियोगिता’ सुरु भएको छ।

प्रतियोगिताको जिल्ला समन्वय प्रमुख रजिन्द्रविक्रमसिंह ठकुरीले एक औपचारिक कार्यक्रममार्फत उद्घाटन गरेका हुन्।

प्रतियोगिता आज वैशाख २ गतेदेखि ५ गतेसम्म रामतीस्थित दुप्चेश्वर महादेव मन्दिर परिसरमा सञ्चालन हुनेछ।

प्रतियोगितामा प्रथम हुने टिमले नगद ३ लाख ३३ हजार ३ सय ३३ रुपैयाँ, द्वितीय हुनेले २ लाख २२ हजार २ सय २२, तृतीय हुनेले १ लाख ११ हजार १ सय ११ र सान्त्वना पुरस्कार ५५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्नेछन्  । विजेताहरुले नगद पुरस्कारसहित सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने उनले बताए ।

त्यसैगरी व्यक्तिगत विधातर्फ सर्वोत्कृष्ट खेलाडीलाई ११ हजार १ सय ११ रुपैयाँ र अन्य विधागत उत्कृष्ट खेलाडीहरुलाई जनही ५ हजार ५ सय ५५ रुपैयाँ पुरस्कार प्रदान गरिनेछ।

प्रतियोगिताका खेलहरू अन्तर्राष्ट्रिय मापदण्ड र नेपाल भलिबल संघको नियमानुसार सञ्चालन हुने जनाएको छ ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ