+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

किस्पाङमा ३८ जनाले गरे रक्तदान

किस्पाङमा ३८ जनाले गरे रक्तदान
डबली खबर
१ हप्ता अगाडी

२५ चैत, नुवाकोट। किस्पाङ गाउँपालिकाको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी, रक्त सञ्चार केन्द्र नुवाकोटको प्राविधिक सहयोगमा आज रक्तदान शिविर भएको छ।

“रक्तदान नै जीवनदान हो” भन्ने भावनालाई आत्मसाथ गर्दै आयोजना गरिएको उक्त शिविरमा ३८ जना रक्तदाताहरूले रक्तदान गरेको गाउँपालिका उपाध्यक्ष अर्जुनप्रसाद न्यौपानेले जानकारी दिए ।

रगतको अभावमा कसैले पनि ज्यान गुमाउनु नपरोस् र आपतकालीन समयमा रगतको आपूर्ति सहज होस् भन्ने उद्देश्यले गाउँपालिकाले यस कार्यक्रमको संयोजन गरिएको गाउँपालिका उपाध्यक्ष न्यौपानेले बताए ।

किस्पाङ गाउँपालिका गाउँकार्यपालिकाको कार्यालयमा सञ्चालन गरिएको सो शिविरमा जनप्रतिनिधि, कर्मचारी, सुरक्षाकर्मी र सर्वसाधारणको उत्साहजनक सहभागिता रहेको थियो।

शिविरमा नेपाल रेडक्रस सोसाइटी नुवाकोटका प्राविधिक सहयोग रहेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ