sujim bazar advert

मेयर कपको उपाधि ६ नम्बर वडालाई

डबली खबर     फाल्गुन ९, २०८२

Sizen Education Consultancy Pvt. Ltd.

bidur ward-6 win first mayor cup football tournament
Big Education Consultancy Nuwakot

९ फागुन, नुवाकोट । विदुर नगरपालिकामा भएको प्रथम वडास्तरीय मेयर कप फुटबल प्रतियोगिताको उपाधि वडा नम्बर ६ ले जितेको छ।

न्यु ईनारपाटी युवा क्लबको आयोजनामा शनिबार महारानीडिहीस्थित खेल मैदानमा भएको फाइनल खेलमा विदुर-६ ले विदुर-९ लाई ट्राइब्रेकरमा ५–४ गोल अन्तरले पराजित गर्दै उपाधि हात पारेको हो।

निर्धारित समयमा दुवै टोलीले १/१ गोलको बराबरी खेलेपछि खेल ट्राइब्रेकरमा पुगेको थियो।

पहिलो हाफमा विदुर-९ का तेजबहादुर घलेले फ्रिकिकमार्फत् अग्रता दिलाए । खेलको अन्तिम समयमा विदुर-६ का विक्रम लामिछानेले एक गोल गर्दै टोलीलाई खेलमा फर्काए ।

खेलका विजेता विदुर-६ ले एक लाख रुपैयाँ र उपविजेता विदुर-९ ले ५० हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गरे ।

विजेता तथा उपविजेतालाई नगरप्रमुख राजन श्रेष्ठ, उपप्रमुख प्रभा बोगटी, वडा नम्बर ६ का वडाध्यक्ष श्यामकृष्ण चालिसे लगायतले पुरस्कार वितरण गरे।

खेलमा उत्कृष्ट प्रदर्शनका लागि लामीछाने ‘म्यान अफ दि म्याच’ घोषित भए।

प्रतियोगितामा विदुर-९ का तेज घले उत्कृष्ट खेलाडी, विदुर-६ का उमेश कुमाल उदयमान खेलाडी, समर श्रेष्ठ उत्कृष्ट गोलरक्षक र सन्तोष केसी उत्कृष्ट डिफेन्डर घोषित भए।

विदुर-९ का ईमान तामाङ उच्च गोलकर्ता बने। उनीहरूले जनही पाँच हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरे ।

विदुर नगरपालिकाको संरक्षकत्वमा भएको प्रतियोगितामा ११ टोलीको सहभागिता रहेको थियो।

bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality

ताजा अपडेट

प्रतिक्रिया

Top