sujim bazar advert

वडा नं. ९ र १२ सेमिफाइनलमा प्रवेश

डबली खबर     फाल्गुन ६, २०८२

Sizen Education Consultancy Pvt. Ltd.

bidur ward 9 football team Nuwakot
Big Education Consultancy Nuwakot

६ फागुन, नुवाकोट । विदुर नगरपालिकामा जारी प्रथम वडास्तरीय मेयर कप फुटबल प्रतियोगितामा सेमीफाइनलमा वडा नं. ९ र १२ सेमिफाइनलमा प्रवेश गरेको छ ।

विदुर नगरपालिका वडा नं. ६ को आयोजना तथा न्यू इनारपाटी युथ क्लबको सह-आयोजनामा सञ्चालित प्रतियोगिताको क्वार्टरफाइनलका खेलहरुमा वडा नं. १२ र वडा नं. ९ ले विजय हासिल गर्दै सेमिफाइनलमा प्रवेश गरेका छन् ।

इनारपाटीस्थित डिही खेलमैदान भएको क्वार्टरफाइनलका खेलहरूमा वडा नं. १२ ले वडा नं. ८ लाई १–० गोलअन्तरले पराजित गरेको थियो ।

यसैगरी, वडा नं. ९ ले वडा नं. ४ विरुद्ध कडा प्रतिस्पर्धापछि पेनाल्टी सुटआउटमा ६–५ को नतिजा निकाल्दै विजयी भएको हो ।

दुवै टोलीले उत्कृष्ट प्रदर्शन गर्दै सेमिफाइनल प्रवेश गरेका हुन् ।

bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality

ताजा अपडेट

प्रतिक्रिया

Top