+
Search

ताजा अपडेट +

पपुलर +

वर्ल्डलिंकद्वारा सौर्यप्रणाली हस्तान्तारण

डबली खबर
२ महिना अगाडी

५ फागुन, नुवाकोट । वर्ल्डलिंक कम्युनिकेसन लिमिटेडले कालिकोट जिल्लाको पचालझरना गाउँपालिका–७ स्थित नानीकोट आधारभूत स्वास्थ्यचौकीमा सौर्य ऊर्जा प्रणाली तथा औषधि भण्डारणका लागि डीप–फ्रिज प्रदान तथा जडान गरिदिएको छ ।

कम्पनीले सामाजिक उक्तरदायित्व कार्यत्रम अन्तर्गत स्वास्थ्यचौकीमा उक्त सामग्री उपलब्ध गराएको जनाएको छ ।

स्वास्थ्यचौकीमा विगतदेखि गुणस्तरीय फ्रिजको अभाव र नियमित विद्युत् आपूर्तिको कमीका कारण औषधी सुरक्षित भण्डारण तथा स्वास्थ्य सेवा सञ्चालनमा समस्या हुँदै आएको थियो ।

स्वस्थ्यचौकीमा देखिएको समस्याको समाधानको दीर्घकालीन समाधानका रूपमा कम्पनीले ३ किलोवाट क्षमताको सौर्य प्रणालीसहित डीप–फ्रिज जडान गरी स्वास्थ्यचौकीलाई हस्तान्तरण गरेको जनाएको छ । यसबाट औषधि, खोप तथा अन्य संवेदनशील सामग्री सुरक्षित राख्न सहज हुने विश्वास लिइएको छ।

कम्पनीकी सामाजिक उत्तरदायित्व विभागकी निर्देशक अनुपा भण्डारी जालान, स्थानीय जनप्रतिनिधि, स्वास्थ्यकर्मी तथा सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

वर्ल्डलिंकले देशका विभिन्न स्थानमा समुदायमुखी सामाजिक उक्तरदायित्वका कार्यत्रम सञ्चालन गर्दै आएको उल्लेख गर्दै निर्देशक जालानले ग्रामीण स्वास्थ्य सेवा सुदृढीकरणमा कम्पनी निरन्तर प्रतिबद्ध रहेको बताइन् । उनले प्रविधि र पूर्वाधारसागै शिक्षा तथा स्वास्थ्य क्षेत्रको गुणस्तर सुधारलाई पनि कम्पनीले प्राथमिकतामा राखेको जानकारी दिइन् ।

wlink WiFi 6 G

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ