sujim bazar advert

नेपाली सेनाद्वारा नुवाकोटमा ‘ब्रिगेड म्याराथन’

डबली खबर     फाल्गुन ३, २०८२

Sizen Education Consultancy Pvt. Ltd.

Nepal Army holds Brigade Marathon in Nuwakot
Big Education Consultancy Nuwakot

३ फागुन, नुवाकोट । नेपाली सेनाले महाशिवरात्री तथा आफ्नो २६३औं सेना दिवसको अवसरमा नुवाकोटमा ‘ब्रिगेड म्याराथन’ आयोजना गरेको छ।

‘बलियो एकता सुरक्षित राष्ट्र’ भन्ने नारासहित नेपाली सेनाको ६ नम्बर बाहिनी अड्डा धादिङको आयोजनामा यो म्याराथन सञ्चालन गरिएको शेर गणका प्रमुख सेनानी आविष्कार ढुंगानाले जानकारी दिए । म्याराथन नुवाकोट र धादिङको सिमाना भर्याङभुरुङदेखि नुवाकोट दरबार क्षेत्रसम्म गराइएको थियो ।

म्याराथनमा ६ नम्बर बाहिनी अड्डाका सहायकरथी सुबासजङ्ग थापा, अड्डाका सहायक बाहिनीपति, मध्यपृतना तालिम शिक्षालयका शिक्षाधिकृतलगायत सेना विभागीय प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो।

कार्यक्रमले सेनाको एकता, राष्ट्रिय एकता तथा सुरक्षा प्रतिबद्धतालाई थप मजबुत बनाउने उद्देश्य राखेको सहायकरथी थापाले बताए । पृथ्वीनारायण शाहको ‘नेपाल ४ जात ३६ वर्णको साझा फूलबारी हो‘ दिव्य उपदेशको वर्णन गर्दै उनले भने “राष्ट्रिय एकता कायम गर्न आजको दिनमा त्यतिकै सान्दर्भिक छ ।”

उनले आसन्‍न निर्वाचनलाई, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्‍न गर्नको लागि जिम्मेवारी क्षेत्रमा परिचालित फौज, निर्वाचन सुरक्षाको वातावरण बनाउन नेतृत्वदायी भूमिकामा रहेका सुरक्षा निकाय, पत्रकार र शान्तिपूर्ण वातावरण निर्माणमा सहयोग पुर्‍याउने राजनीतिक दल तथा नागरिक समाज सबैको सहयोगमा निर्वाचन सफल हुने बताए । निर्वाचन सुरक्षामा परिचालित फौजलाई कटिबद्ध भई सुरक्षा प्रदान गर्न निर्देशन दिनुका साथै, नेपाली सेनालाई प्राप्त जिम्मेवारी उत्कृष्ट ढंगबाट सम्पन्‍न गर्नेमा विश्वस्त रहेको भनाइ राखे ।

जिल्लाका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीसहित सुरक्षाकर्मीहरूको सामूहिक तस्बिर ।

साथै, कार्यक्रममा नुवाकोट जिल्लाका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मी, जिल्ला प्रहरी कार्यालय नुवकोटका प्रमुख बिपिन रेग्मी, १९ नम्बर गुल्मका सशस्त्र प्रहरी निरीक्षक लगायतको उपस्थिति रहेको थियो ।

महाशिवरात्री तथा सेना दिवसको अवसरमा आयोजित यस्ता कार्यक्रमले स्थानीय समुदायमा पनि सेनाप्रति सद्भाव र सहकार्य बढाउने अपेक्षा गरिएको छ।

bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality

ताजा अपडेट

प्रतिक्रिया

Top