+
Search

ताजा अपडेट +

पपुलर +

तेस्रो सूर्यगढी कपको उपाधि विदुर–१२ युवा क्लबलाई

bidur-12 yuva club nuwakot
डबली खबर
४ महिना अगाडी

२४ माघ, नुवाकोट । ‘तेस्रो सूर्यगढी कप’ जिल्ला स्तरीय फुटबल प्रतियोगिताको उपाधि विदुर–१२ युवा क्लबले उचालेको छ ।

सूर्यगढी नवयुवा क्लबद्वारा आयोजित प्रतियोगिताको फाइनलमा विदुरले चतुरमाला युवा क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै उपाधिमाथि कब्जा जमाएको हो।

जिल्ला खेलकुद विकास समितिका अध्यक्ष विजय गुरुङले विजेता विदुर–१२ ले नगद दुई लाख दुई हजार दुई सय २२ रुपैयाँ र उपविजेता चतुरमालाले एक लाख एक हजार एक सय ११ रुपैयाँको चेक रकमसहित शिल्ड, तक्मा र प्रमाणपत्र प्रदान गरेका छन् ।

सूर्यगढी गाउँपालिका–३ स्थित गैह्रीखर्क खेल मैदानमा सञ्चालित प्रतियोगितामा जिल्लाका १० क्लबले सहभागीता जनाएको आयोजक क्लबका अध्यक्ष राजु तामाङले जानकारी दिए ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ