+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

मानवीय सेवामा कपिल-एलिना फाउण्डेसन: शिक्षा र स्वास्थ्य क्षेत्रमा आर्थिक सहयोग

मानवीय सेवामा कपिल-एलिना फाउण्डेसन: शिक्षा र स्वास्थ्य क्षेत्रमा आर्थिक सहयोग
डबली खबर
२ महिना अगाडी

२३ माघ, विदुर । सामाजिक सेवामा समर्पित कपिल-एलिना फाउण्डेसनले नुवाकोटको लिखु र ककनी क्षेत्रमा शिक्षा तथा स्वास्थ्य क्षेत्रमा आर्थिक सहयोग गरेको छ।

ककनी गाउँपालिका वडा नं. ८ निवासी तथा हाल अमेरिकाको डालास टेक्सासमा रहेका युवा उद्यमी एवं फाउण्डेसनका संस्थापक कपिल भण्डारीको नेतृत्वमा यो सहयोग प्रदान गरिएको हो।

फाउण्डेसनले लिखु गाउँपालिका वडा नं. ६, थानसिङस्थित बच्छला माध्यमिक विद्यालयलाई ७३ हजार २५० रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गरिएको संस्थापक कपिल भण्डारीले जानकारी दिए । एक कार्यक्रमका बीच संस्थाले विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापक, अभिभावक र विद्यार्थीहरुको उपस्थितिमा सहयोग हस्तान्तरण गरिएको हो ।

सहयोग रकम विशेषगरी माध्यमिक शिक्षा परीक्षाको तयारी गरिरहेका विद्यार्थीहरूको शैक्षिकस्तर उकास्न र उनीहरूलाई आवश्यक अतिरिक्त सहयोग पुर्‍याउन खर्च गरिने विद्यालयले जनाएको छ।

सोही शैक्षिक अभियानलाई थप बल पुर्‍याउन समाजसेवी प्रेम थापा (आदित्य) ले पनि व्यक्तिगत रूपमा १० हजार १११ रुपैयाँ नगद सहयोग प्रदान गरेका छन् ।

शिक्षाको ज्योति फैलाउने कार्यमा प्रवासी नेपालीहरूको यो सहकार्यको प्रशंसनीय रहेको अभिभावक बताउँछन् ।

कार्यक्रममा कार्यक्रम व्यवस्थापक रामेश्वर भण्डारी, कार्यक्रम निर्देशक बसन्त पण्डित तथा स्थानीयको सहभागिता रहेको थियो।

मृगौला पीडितको उपचारमा ५० हजार सहयोग

मृगौला पीडित भण्डारीको उपचारका लागि फाउण्डेसनद्वारा सहयोग

फाउण्डेसनले शिक्षाको क्षेत्रमा मात्र नभई स्वास्थ्य उपचारमा पनि उत्तिकै संवेदनशीलता देखाएको छ।

ककनी गाउँपालिका वडा नं. ८ का २४ वर्षीय मृगौला पीडित सुबास भण्डारीको उपचारका लागि फाउण्डेसनले ५० हजार रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको छ। लामो समयदेखि मृगौलाको समस्या झेल्दै आएका भण्डारीलाई यो रकमले उपचारमा ठूलो राहत पुग्ने विश्वास लिइएको छ।

बिरामी भण्डारी र उनका बुबा बाशुदेव भण्डारीलाई घरैमा पुगेर उक्त रकम हस्तान्तरण गरिएको समाजसेवी प्रेम थापाले जानकारी दिए ।

आफू प्रवासमा रहे पनि आफ्नो जन्मभूमि र त्यहाँका मानिसहरूको पीडामा मलम लगाउन पाउँदा खुसी लागेको संस्थापक भण्डारीले बताए।

फाउण्डेसनले आगामी दिनमा पनि यस्ता मानवीय र परोपकारी कार्यहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ